काठमाडौं। भारतको हरियाणा राज्यस्थित रोहतक जिल्लामा नेपाली महिलाको बलात्कारपछि हत्यामा संलग्न एक आरोपीले आत्महत्या गरेका छन्। ती व्यक्ति फरार रहेका थिए । सो घटनामा संलग्नहरु पक्राउ परेको केही घण्टापछि नै फरार व्यक्तिले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ गरेका ८ आरोपीले घटनामा आफ्नो संलग्नता स्विकार गरेका छन्। प्रहरीलाई दिएको बयानमा विभत्स विवरण बाहिर आएको छ। सुस्त मनस्थितिकी ती महिलालाई नौ जनाले तीन घण्टासम्म बलात्कार गरेको बयान दिएका छन्। पक्राउ पर्नेमा एक नेपाली पनि छन्।
ती महिला बेहोस भएपछि पनि उनीहरुले बलात्कार गरेको बयानमा उल्लेख छ। बलात्कारपछि ती महिलाले प्रहरीलाई जानकारी गराउन सक्ने भन्दै इँट्टा प्रहार गरी हत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनीहरुले महिला मरेकी छन् कि छैनन जान्नका लागि योनीमा लौरो घुसारेको बताएका छन्। पछि तिनले शहरबाट नजिकै रहेको स्थानमा शव फ्यालेका थिए। हत्या भएको चार दिनपछि मात्रै सडेको अवस्थामा शव भेटिएको थियो।
शरीरको महत्वपूर्ण अंग नभएको ती युवतीको यौनाङ्गमा लठ्ठी, ढुंगा र कन्डम भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका थिए । बर्दियाकी ती युवती केही महिना अघि दिदीसँगै बस्दै आएकी थिइन्।
अनुहार जनावरले खाएको अवस्थामा भेटिएकी ती महिलाको शवमा मुटु र कलेजो थिएन।
यसैबीच घटनामा संलग्नमाथि मृत्युदण्डको माग गर्दै रोहतकमा विरोध प्रदर्शन भएका छन् भने भारतीय सञ्चार माध्यमहरुले सो घटनालाई गम्भीरतापूर्वक नलिएको भन्दै प्रहरीको आलोचना गरेका छन् ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार