लण्डन । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाता डा. बालगोपाल श्रेष्ठले सिक्किमका नेवारहरुका बारेमा ‘द नेवार्स अफ सिक्किम ः रिइन्भेटिङ ल्याङग्वेज, कल्चर एण्ड आइडेन्टिटी इन द डायस्पोरा’ नामक पुस्तक बजारमा ल्याएका छन् ।
हाल नेदरल्याण्डको लेडन विश्वविद्यालयमा आवद्ध श्रेष्ठको पुस्तक सोही विश्वविद्यालयका साउथ एसिएन हिस्ट्री एण्ड एन्थ्रोपोलोजीका इमिरेटस प्रोफेसर डा. डिर्क एच. ए. कोफले विमोचन गरे ।
विश्वविद्यालयकै एसिएन स्टडिजले आयोजना गरेको कार्यक्रममा प्रोफेसर कोफले डायस्पोरा र बसाइसराइका बारेमा अध्ययन गर्न चाहनेहरुका लागि सो पुस्तक महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास व्यक्त गरे ।
पुस्तकका लेखक डा. श्रेष्ठले सिक्किमका नेवारहरु कसरी भाषा, परम्परा, रीतिरिवाज र सास्कृतिलाई निरन्तरता दिन संघर्ष गरिरहेका भन्ने बारेमा प्रकाश पारेका थिए ।
पुस्तक तयार पार्दा अपनाइएको अनुसन्धान विधिका बारेमा जानकारी दिँदै श्रेष्ठले कसरी सिक्किम सरकारको मैत्रीपूर्ण नीतिका कारण धेरै नेपालीमूलका समुदायले सिक्किममा आफ्नो भाषा, सास्कृति बचाउन सकेका छन् भन्ने प्रष्ट्याए । जबकि उनीहरुको मूलथलो नेपालमै ती समुदायहरु सरकारबाट वेवास्ता गरिएका छन् भन्ने पनि उनले उल्लेख गर्न छुटाएनन् ।
पुस्तक विमोचन कार्यक्रममा डा. विलियम भोगेल्साङले स्वागत मन्तब्य दिएका थिए भने विश्वविद्यालयसित सम्वद्ध नेपाली प्राज्ञिक व्यक्तित्वहरुको कार्यक्रममा उपस्थिति थियो ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई