लन्डन । लन्डनमा २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आइतबार लन्डन सडबरीस्थित हिमालयन क्लबमा एक कार्यक्रमबीच पृथ्वी जयन्ती मनाएको हो ।
संगठनका अध्यक्ष भरत रोका क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनले अर्थवीद र कूटनीतिज्ञ समेत रहेका पृथ्वी नारायणको दिव्योपदेश, अर्थ एवं सैन्य नीति समृद्ध नेपाल निर्माणमा अहिले पनि सान्दर्भिक भएको धारणा राखे । आरनले पृथ्वीनारायणप्रति नकारात्मक टिप्पणी वा अफवाह फैलाउनुको सट्टा उनका ऐतिहासिक दस्तावेज नयां नेपाल निर्माणमा लगाउन आग्रह गरे ।
लन्डनस्थित नेपाली दूतावासले ‘आजको आजै’ नीति लिएर सेवा सहज र छिटो दिने व्यवस्था गरेको जनाउंदै उपनियोग प्रमुख आरनले सरकारका सबै निकायलाई एउटै पंक्तिमा राखेर भ्रष्ट वा काम चोरका रुपमा टिप्पणी नगरिदिन पनि अपिल गरेका थिए ।
विशेष अतिथी अर्थ व्यवस्थापनवीज्ञ बिकलचन्द्र आचार्यले ऐतिहासिक पाटो खोतल्दै गोर्खा नामाकरण, गोर्खा राज्य विस्तार आदिबारे चर्चा गरे । पृथ्वी नारायण शाहलाई देवत्वकरण वा दानवका रुपमा चित्रित गर्न जरुरी नभएको बताउंदै उनले शाहको इतिहास जीवन्त राख्न आग्रह गरे । ‘उनको आर्थिक नीति र कूटनीति अहिले पनि उपयोगी हुनेछ’- आचार्यले स्मरण गरे ।
समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) ले राष्ट्र निर्माताको योगदानबारे चर्चा गर्दै लन्डनमा ११ औं पटक पृथ्वी जयन्तीमा सहभागी हुन पाएकामा आयोजक भरत रोकाप्रति आभार व्यक्त गरे ।
करिब चार घण्टासम्म चलेको कार्यक्रममा काउन्सिलर विष्णु गुरुङ, एनआरएनए यूके उपाध्यक्ष रोजिनाप्रधान राई, यती नेपलिज एसोसिएसन यूके अध्यक्ष ध्रुव केसी, पूर्व डिएसपीहरु शिवजी श्रेष्ठ र बाचस्पति रेग्मी, विश्व हिन्दू महासंघ युरोपका अध्यक्ष खगेन्द्र पाठक, कुमार बस्नेत, साहित्यकारहरु सुरेशजंग शाह, हरिसिंह थापा र गोपी सापकोटा, विनोद मोक्तान, रमेश लामा गुरुङ, कृष्णजंग शाही, कृष्णप्रसाद ढकाल, अरुण शाक्य लगायतले मन्तव्य दिएका थिए ।

आयोजक संस्था संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष एवं कार्यक्रम संयोजक भरत रोका क्षेत्रीले पृथ्वीनारायण शाहको योगदानलाई राजसंस्थासंग मात्रै जोडेर हेर्न उपयुक्त नहुने विचार व्यक्त 
गर्दै बेलायतको नेपाली समुदायलाई दिवस मनाउन कन्जुस्याईं नगर्न अनुरोध गरे । रोकाकै पहलमा विगत एक दशकदेखि बेलायतमा एक ठाउंमा मात्र पृथ्वी जयन्ती कार्यक्रम हुंदै आएको छ ।
कार्यक्रममा समाजसेवी विमल आचार्यले स्वागत मन्तव्य दिंदै पृथ्वीनारायण शाहलाई कुनै व्यवस्थासंग दांजेर मुल्यांकन वा विरोध गर्न जायज नहुने धारणा राखे ।
चेतमान केसीले सञ्चालन गरेको उक्त कार्यक्रममा दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल कुमारबाबु थापा, डा. जानकी धिताल, लगायत यहांस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
कोसेली संस्थापक अध्यक्ष र पूर्व अध्यक्ष क्रमशः मदन थापा र वसन्तराय क्षेत्रीले मंगल धुन प्रस्तुत गरेपछि कार्यक्रम शुभारम्भ भएको थियो । सो अवसरमा नेपाल र ब्रिटेनको राष्ट्रिय गान पनि बजाइएको थियो भने सहभागीले पृथ्वीनारायण शाहको तस्बिरमा पुष्पगुच्छा चढाइ श्रद्धाञ्जलि अर्पण गरे । नेपालबाट आएका गायक प्रकाश गुरुङले राष्ट्रिय भावनाले ओतप्रोत गीत सुनाएका थिए ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य