
लन्डन । बेलायतमा सामाजिक कार्यमा अग्रणी संस्था गुल्मी जिल्ला समाज यूकेले विश्व अपांग दिवसको अवसरमा एक च्यारिटी डिनर गरि ७ लाख
रुपैयां संकलन गरेको छ । संकलित रकम आशा अपांग केन्द्र गुल्मीमार्फत अपांगहरुका लागि खर्च गरिने समाजले जनाएको छ ।
विश्व अपांग दिवसको अवसरमा समाजले वर्षेनी च्यारिटी गरि आशालाई आर्थिक सहयोग प्रदान गर्दै आएको छ । यस पटकको संस्करण सप्ताहन्त साउथ इष्ट लण्डनको उलवीचस्थित लोटस क्लबमा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई प्रथम नौमती बाजा गुल्मीले नौमती धुनमा स्वागत गरेको थियो । मन्तव्यका क्रममा राजदूत डा. सुवेदीले बेलायतका गुल्मेलीहरुको मानवीय सहयोगको प्रशंसा गरे ।
समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापाले एक प्रस्तुतिमार्फत आशा अपांग केन्द्रका गतिविधि र समाजले गरेका अन्य मानवीय तथा शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा उसका सहयोगबारे अवगत गराए ।
समाजका कार्यवाहक अध्यक्ष रामप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली दूतावासका द्वितिय सचिव लव सुबेदी, एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहामगर, नेपाली सेनाका महासेनानी कृष्ण जिसी, नेपाली चलचित्र निर्देशक सन्तोष लोहनी, एनआरएनए आइसीसी पूर्व सदस्य शान्ति थापा कुंवर, अफगानिस्तानमा विद्युतीय धरापमा परि दुवै खुट्टा गुमाएका बिनोद बुढाथोकी, हरि बुढामगर लगायत अतिथी थिए । वक्ताहरुले मन्तव्य व्यक्त गर्दै समाजमा अपांगहरुलाई सम्मान र मायाको खांचो औंल्याए । शारिरीक रुपमा अपांग भएपनि ति व्यक्तिको मन मस्तिष्क र इच्छाशक्ति सवलांगको भन्दा कम नहुने धारणा उनीहरुको थियो ।
समाजका महासचिव वीर बलाल र सचिव मन्जु भण्डारीले संयुक्त रुपमा सन्चालन गरेको औपचारिक कार्यक्रममा समाजका उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत मन्तव्य दिए ।
कार्यक्रमको दोस्रो चरणमा समाजकै निमन्त्रणमा बेलायत आएका गायक प्रसाद खप्तरी मगर र चर्चित गायिका खिमा रोका मगरले विभिन्न गीत प्रस्तुत गरेर सहभागीलाई नचाए । सो अवसरमा प्रथम नौमती बाजा गुल्मी यूकेले नौमती बाजामा मज्जाले नचायो भने स्थानीय कलाकारहरुले पनि आ-आफ्ना नृत्य प्रस्तुत गरेर लन्डनको चिसो माहोल तताए ।
तस्विरहरु- शिव भण्डारी
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा