लन्डन । बेलायतमा जन्मेका वा हुर्किरहेका नेपाली डायस्पोराको नयाँपुस्तालाई नेपाली भाषा कसरी सिकाउने अभिभावकहरुलाई चिन्ता छ । नेपाली बिर्से, नेपाली बोल्दै बोलेनन् भन्ने गुनासो छ तर भाषाविज्ञ भने स्थानान्तरण र मातृभाषासँगसँगै जान नसक्ने बताउँछन् ।
बेलायत नेपाल प्रज्ञा परिषद्ले बिहीबार लण्डनस्थित युनिभर्सिटी अफ लण्डन (स्कुल अफ ओरेन्टल, एसिया एण्ड अफ्रो स्टडिज) मा आयोजना गरेको प्रवचनमा बोल्दै नेपाल एकेडेमीका प्राज्ञ, भाषाविज्ञ योगेन्द्रप्रसाद यादवले भने, ‘स्थानान्तरण र मातृभाषा सँगसँगै जान सक्दैन ।’
‘नेपालको समसामयिक भाषिक परिदृश्यः भाषिक संकटापन्नता तथा मातृभाषामा आधारित बहुआयामिक शिक्षामा यसको प्रभाव’ विषयमा प्रवचन दिँदै यादवले भने, ‘मूलथलो छोडेर नयाँ ठाउँमा जाँदा मातृभाषा त्याग्नैपर्ने हुन्छ ।’
उनले हाल नेपालमा १२३ वटा भाषा रहेको र अझै १० वटा भाषा सूचीकृत हुन बाँकी रहेको बताए । दक्षिण एसियामा भारतपछि नेपालमा धेरै भाषा बोलिने गरेको र नेपालमा बोलिने धेरै भाषा अहिले संकटको अवस्थामा गुज्रिरहेको पनि उल्लेख गरे । भाषा विज्ञहरुले त्यस्ता भाषाको संरक्षणमा सहयोग गर्ने भए पनि समुदायले त्यसलाई बोलीचालीमा ल्याउँदा मात्र भाषा जीवित हुने उनले थपे ।
शुरुवातको शिक्षा मातृभाषामा दिँदा विद्यार्थीहरुले छिटो र प्रभावकारी रुपमा सिकेको नेपालकै झापा र पपुवा न्युगिनीको उदाहरण दिँदै यादवले शुरुमा मातृभाषा, त्यसपछि नेपाली र अंग्रेजी भाषामा पठनपाठन हुन सके शिक्षा प्रभावकारी हुने र मातृभाषाको विकास पनि हुने विचार राखे ।
नेपालमा बोलिने भाषाको संख्या जनगणनापिच्छे बढ्दै जानुलाई उनले विभिन्न अभियान र आन्दोलनपछि जनतामा आएको जागरण, भाषाको अवधारणा र ज्ञानलाई कारण देखाए ।
जनगणनामा गणकहरुले ठीकसँग गणना नगरिदिँदै भाषाको बारेमा सही तथ्यांक आउन नसकेको उनले बताए । वि.सं.२०७८ मा हुने नेपालको राष्ट्रिय जनगणनामा विगतका अनुभवबाट सिक्दै सकेसम्म वास्तविक तथ्यांक ल्याउन आफूहरुले सुझाव दिएको उनले जानकारी दिए ।
परिषद्ले विगत १७ वर्षदेखि वर्षेनी प्रवचन आयोजना गर्ने गरेको छ । एकवर्ष नेपाली र अर्को वर्ष गैरनेपाली विज्ञबाट दिइने सो प्रवचनमा भाग लिन यादव लण्डन आइपुगेका थिए । यादव त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक हुन् ।
कार्यक्रममा परिषद्का अध्यक्ष डा. कृष्ण अधिकारीले परिषद्का कार्यको जानकारी दिँदै यादवको परिचय दिलाएका थिए ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ