
लन्डन । झण्डै एक साता बाँकी रहंदा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा सचिव पदका उम्मेदवार कोशलेश्वर ढकाल (कृष्ण) चर्चाको शीर्ष स्थानमा छन । एनआरएनए यूके र मिडल्याण्डलाई भित्री रुपमा जोडन भूमिका निर्वाह गरेका कोशलेश्वर (कृष्ण) ढकाल १४ सेम्टेम्बरमा हुने एनआरएनए यूकेको निर्वाचनमा मतदाताबीच चर्चाको शीर्ष स्थानमा पुगेका हुन् ।
केही भागमा सीमित रहेको एनआरएनए यूकेलाई बेलायतभर पुरयाउनु पर्छ भनेर दिनरात नभनि उक्त अभियानमा हिंडेका ढकालको मिजासिलो स्वभावले सबैको मन जित्न सफल भएको छ । कम वोल्ने र बढी काम गर्ने स्वभावका ढकाल यतिबेला निर्वाचन प्रचारमा बेलायतभर मतदाताको घर दैलो अभियानमा छन् । फोन, इमेल, सामाजिक सञ्जाल तथा भौतिक रुपमा भेटेर निर्वाचन अभियानमा लागेका ढकाललाई पारिवारिक सहयोग समेत प्राप्त छ ।
हस्पिटालिटी व्यवसायमा रमाइरहेका ढकाल आफूले मतदाताको भोट पाउनेमा आशावादी छन् । सचिव जस्तो पद ओगटेर बस्ने भन्दा पनि काम गरेर देखाउनका लागि हुनुपर्ने उनको भनाई छ । एनआरएनए परिचय पत्रलाई बृहत डिस्काउन्ट कार्डमा परिवर्तन गर्ने योजना उनको छ । ‘एनआरएनए परिचय पत्रले प्लेनमा टिकट लिंदा, हामीले रेस्टुरेन्टमा खाना खाँदा वा नेपालीले गरेको व्यवसायमा छुटको व्यवस्था गराउने ठोस योजना ल्याएको छु’- उनले वीनेपालीसँग भने ।
एनआरएनए यूके कार्यसमितिमा आउने र आफ्नो स्वार्थपूर्ति भन्दा टाढा रहेका ढकालले सचिव पदमा बिजय भएपछि केही नयाँ योजना पनि बेलायती नेपालीमाझ ल्याउन लागेका छन् । बेलायतस्थित नेपाली समुदायको हितमा केही गर्ने अठोटका साथ सचिव पदमा उम्मेदवार भएका ढकालको चुनावी प्रचार आक्रमक देखिन्छ ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ