लन्डन । बेलायतका एक व्यवसायीले आफ्नो जन्मदिनमा हुने खर्च कटाएर मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । बेलायतको मिडल्याण्ड लेस्टर निवासी दयानिधि सापकोटाले कावासोती नगरपालिका १२ का मृगौला रोगबाट पीडित गणेश सापकोटालाई सोमबार ५१ हजार रुपैयां प्रदान गरेका हुन् ।
३६ वर्षीय सापकोटाको दुवै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपनि आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले आर्थिक सहयोग याचना गर्दै आएको छ ।
‘म आफ्नो बर्थ डे सेलिबे्रसिन गरेर रमाइलो भन्दा पीडित सापकोटाको मुहारमा उज्यालो हेर्न चाहन्थें’, सामाजिक अभियन्ता सापकोटाले भने, ‘थोरै भएपनि सहयोग गर्न पाउंदा खुशी छु ।’ सापकोटाले यसअघि पनि मातृभूमि र बेलायतको नेपाली डायस्पोरामा कयौं सहयोग गरेका छन् ।
एनआरएनमा मिडल्याण्डको एकजना सशक्त हस्ती सापकोटा आगामी निर्वाचनमा एनआरएनए आइसीसी सदस्यका प्रत्यासी हुन् ।
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता