लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतको प्रधानमन्त्री निर्वाचित बोरिस जोन्सनलाई बधाइसहित शुभकामना दिएको छ । गेसो सभापति कृष्णकुमार राईले एक विज्ञप्तिमार्फत बधाइ दिंदै गोर्खाहरुका विषयमा बेलायत र नेपालबीच दुई देशस्तरीय सम्झौताका निम्ति अनुरोध पनि गरेका छन् ।
गेसोले बोरिस नेतृत्वलाई बेलायत सरकार, नेपाल सरकार र गोर्खाहरु सम्मिलित त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदनको जगमा भूतपूर्व गोर्खाहरुको समस्या सम्बोधन होस् भन्ने माग गरेको छ ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को प्रतिक्रिया–
एउटा उच्च विकसित राष्ट्र वेलायतको प्रधानमन्त्री जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा बोरिस जोन्सनलाई गोरखा भूतपूर्व सैनिक संघ (गेसो) हार्दिक बधाई ज्ञापन गर्दछौं । प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको जारी समस्याहरुको हल गरेर बेलायतलाई नयाँ बाटो र उज्यालो देखाउनु हुनेछ भन्नेमा सबैले आशा गरेका छन्, उहाँलाई शुभकामना दिन चाहन्छौं । उहाँले आफ्नो कार्यकालमा बेलायती सेनाको अभिन्न अंगको रुपमा रहेको गोरखा भूतपूर्व सैनिकहरुको समस्याहरु सम्बोधनको निम्ती ठोस कदम चाल्नु हुनेमा हामी आशावादी छौं ।
उहांहरुलाई हामी अनुरोध गर्न चाहन्छौं, ‘बेलायत सरकार, नेपाल सरकार र गोर्खाहरु सम्मिलित त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदनको जगमा भूतपूर्व गोरखाहरुको समस्या सम्बोधन होस् ।’ बेलायत भ्रमणको बेला नेपालका प्रधानमन्त्री समकक्षी केपी शर्मा ओलीले गर्नुभएको प्रस्ताव ‘त्रिपक्षीय सम्झौताको पुनारावलोकन’ मा उहां सकरात्मक हुनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।
त्रिपक्षीय प्राविधिक समितिको प्रतिवेदन अनुसार गोरखाहरुको समस्या सम्बोधनसंगै गोर्खाहरुको बिषयमा पनि बेलायत र नेपालबीच दुईदेशस्तरीय सम्झौताका निम्ति हामी अनुरोध गर्न चाहन्छौं । आजको बेलायत निर्माणमा गोर्खाहरुको धेरै ठूलो योगदान र बलिदान रहिआएको छ, रहनेछ । उहांको कार्यकालमा यसको उचित मुल्याङ्कन हुनेमा हामी आशावादी छौं ।
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता