लण्डन । नेपाली दूतावास लण्डन र नेपाल पर्यटन बोर्डले संयुक्तरूपमा लण्डनका बसहरूमा नेपाल सम्बन्धी प्रवर्धनात्मक सामग्रीको विज्ञापन गरेका छन् ।
लण्डनको केन्द्रीय भाग भएर संचालन हुने १८ रूटका करिब ५० बसहरूमा नेपाल घुम्न आउन आह्वान गरी विज्ञापन गरिएको दूतावासले जनाएको छ । ति रुटमा पर्यटकका लागि मुख्य आकर्षण ठानिने पार्लियामेन्ट स्क्वायर, वेष्ट मिनिस्टर, ट्राफलगर स्क्वायर, केन्जिंटन हाइ स्ट्रिट, अक्सफोर्ड स्ट्रिट, सेन्ट पल्स लगायत छन् ।
‘नेपाल लाइफ टाइम एक्सपिरिएन्सेस’ लेखिएका ती प्रचारहरू १६ जुलाईबाट शुरू भइ दुई सातासम्म रहने बताइएको छ ।
बस नम्बरहरू ३, ८,९, ११, १२, १५, १६,२१,२४,२७,३८,४८, ५५,५९,६८, ७३, ७६, ८७, ८८,९१,१३७,१४८,१४९, १५९,१६८, १८९,२११,२५३,२५४,२६७ र ३९० मा ती सामग्री देख्न पाइनेछ ।
करिब ४५ लाख मानिसहरूसमक्ष सो सन्देश पुग्ने विश्वास दूतावासले लिएको छ । सो विज्ञापनको लागत भने बताइएको छैन् ।
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा