लण्डन । नेपाली दूतावास लण्डन र नेपाल पर्यटन बोर्डले संयुक्तरूपमा लण्डनका बसहरूमा नेपाल सम्बन्धी प्रवर्धनात्मक सामग्रीको विज्ञापन गरेका छन् ।
लण्डनको केन्द्रीय भाग भएर संचालन हुने १८ रूटका करिब ५० बसहरूमा नेपाल घुम्न आउन आह्वान गरी विज्ञापन गरिएको दूतावासले जनाएको छ । ति रुटमा पर्यटकका लागि मुख्य आकर्षण ठानिने पार्लियामेन्ट स्क्वायर, वेष्ट मिनिस्टर, ट्राफलगर स्क्वायर, केन्जिंटन हाइ स्ट्रिट, अक्सफोर्ड स्ट्रिट, सेन्ट पल्स लगायत छन् ।
‘नेपाल लाइफ टाइम एक्सपिरिएन्सेस’ लेखिएका ती प्रचारहरू १६ जुलाईबाट शुरू भइ दुई सातासम्म रहने बताइएको छ ।
बस नम्बरहरू ३, ८,९, ११, १२, १५, १६,२१,२४,२७,३८,४८, ५५,५९,६८, ७३, ७६, ८७, ८८,९१,१३७,१४८,१४९, १५९,१६८, १८९,२११,२५३,२५४,२६७ र ३९० मा ती सामग्री देख्न पाइनेछ ।
करिब ४५ लाख मानिसहरूसमक्ष सो सन्देश पुग्ने विश्वास दूतावासले लिएको छ । सो विज्ञापनको लागत भने बताइएको छैन् ।
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमालेले दियो सर्वोच्चमा रिट, निर्वाचनका लागि आयोगमा दर्ताको निवेदन
ओशाकाको कार्यक्रमसंगै नेपथ्यको जापान यात्रा सम्पन्न
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो : कार्यवाहक राजदूत दुवाडी
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
बेलायतमै मतदानको व्यवस्था गराउन सीएनसीबीजीको माग, दूतावासमार्फत पठाइयो प्रधानमन्त्रीलाई ज्ञापनपत्र