लन्डन । बेलायती युवराज चार्लसले ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजका सैनिकहरुलाई तक्मा प्रदान गरेका छन् ।
७० वर्षीय युवराजले लन्डन नजिकै केन्टमा रोयल गोर्खा राईफल्सको २५ औं वार्षिकोत्सव अवसरमा मंगलवार रोयल गोर्खा राईफल्सको पहिलो बटालियनका सैनिकहरुलाई तक्मा प्रदान गरेका हुन् । वान आरजीआरका दुई कम्पनी, थर्ड बटालियनको एक कम्पनी, प्यारासुट रेजिमेन्टसहित सयौं सैनिकमाझ युवराजले ४० गोर्खालाई मेडल दिए ।
फोक्सटनस्थित सर जोन मुर ब्यारेकमा अफगानिस्तानबाट फर्केका गोर्खा सैनिकहरुलाई युवराज चार्लसले तक्मा प्रदान गरेका थिए । ति गोर्खा सैनिकहरु नेटो मिसन अन्तर्गत अफगानिस्तानको काबुलमा सात महिनाको अपरेशनपछि हालै फर्किएका थिए ।
ब्रिटिश राजगद्दीका उत्तराधिकारी युवराज चार्लसलाई माला लगाइदिएर गोर्खा सैनिकहरुले स्वागत गरेका थिए । फिल्ड मार्शल युनिफर्ममा सजिएका चार्लसले तक्मा प्रदान गर्दा एकजना गोर्खा सैनिकसंग ठट्टा पनि गरेको बेलायती अखबारहरुले जनाएका छन् ।
युवराज चार्लस सन् १९७७ देखि रोयल गोर्खा राईफल्सको कर्नेल इन चिफ छन् । अब दुई बर्ष भित्र महारानी ९५ पुगेपछि चार्लसले राजगद्दी सम्हाल्ने समाचार हालै प्रकासित भएको छ ।
गोर्खा रेजिमेन्टसंगको शाही कनेक्सन सन् १८७६ देखि भएको हो जतिबेला प्रिन्स अफ वेल्स् पहिलो कर्णेल इन चिफ थिए ।
गोर्खा सैनिकहरुले बेलायती फोर्सेससंग हरेक प्रमुख युद्धमा अग्रपंक्तिमा एकसाथ लडाईं गरेका छन् । दुईवटा विश्व युद्धमा ४० हजार भन्दा बढि गोर्खाहरु दिवगंत भएका थिए भने १३ गोर्खाहरु सर्वोच्च उपाधि ‘भिक्टोरिया क्रस’ बाट सम्मानित भएका छन् । भूपू गोर्खाहरु भने समान पेन्सन आदिमा आफूहरुलाई भेदभाव गरिएको भन्दै बेखुसी छन् ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा