
अबुधाबी । गत १३ डिसेम्बरमा हृदयाघात भई मृत्यु भएका दीपेन्द्रसिंह धामीको परिवारलाई आर्थिक राहतस्वरुप सोही कम्पनीका साथीहरुले ९ लाख दस हजार नेपाली रुपैयाँ सहयोग संकलन गरेका छन् ।
दार्चुलाको मालिकार्जुन-८ बाट १४ महिनाअघि यूएई आई यहाँको एक सेक्युरिटी कम्पनीमा काम गरिरहेका धामीको सुतेकै स्थानमा हृदयाघातका कारण मृत्यु भएको थियो ।
मृतक धामीकी श्रीमतीको जीवन निर्वाह र दुई छोरीको शिक्षादीक्षामा सहयोग पुगोस् भनी सोही कम्पनीमा लामो समयदेखि काम गरिरहेका जीपी तिवारीको संयोजकत्वमा दीपेन्द्रसिंह धामी राहत तथा उद्धार समिति गत १७ डिसेम्बरमा गठन भएको थियो ।
धामीको निधन पश्चात् विभिन्न व्यक्तिहरुबाट स्वर्तस्फुर्त रकम संकलन कार्य थालिएकोमा त्यसलाई व्यवस्थित गर्न २५ सदस्यीय समिति गठन गरिएको थियो । सोही समितिको अग्रसरतामा अलएनबाट जे सागरको सक्रियतामा विभिन्न दाताहरुबाट १८ सय दिराम्स संकलन गरिएको थियो । त्यसरी नै मफरकमा रहेको मुख्य क्याम्पमा रहेको हेल्प डेस्कमा डोनेसन बक्स राखी सर्वसाधारणलाई सहयोगका लागि आह्वान गरिएको थियो । सोही कम्पनीको एस आइल्यान्डमा रहेको क्याम्पबाट केशव भट्राईको सक्रियतामा आर्थिक सहयोग अभियान चलाइएको थियो । त्यसरी नै सादियात क्याम्पबाट पनि उल्लेख्य सहयोग संकलन गरिएको थियो । सबै रकम जम्मा गर्दा ३३ हजार १ सय १६ दिराम्स अर्थात् नेपाली रुपैया ९ लाख ३३ हजार ९ सय ५८ जम्मा भएको बताइएको छ ।
अधिकांश नेपाली सेक्युरिटी गार्डहरुले कम्तीमा २० दिराम्सदेखि २०५ दिराम्ससम्म सहयोग गरेको संयोजक तिवारीले जानकारी दिएका छन् ।
संकलित रकम नेपाल वाणिज्य बैंकको दार्चुला शाखामा मृतक धामीमा ४ वषर्ीया र १० महिने दुई छोरी सिर्जना धामी र सृष्टि धामीका नाममा राखिने संयोजक तिवारीले बताएका छन् । उक्त रकमबाट त्रैमासिक रुपमा प्राप्त हुने ब्याजबाट धामीका छोरीहरुको लालनपालन तथा शिक्षादीक्षामा सहयोग पुग्ने अपेक्षा सहकर्मीहरुले गरेका छन् ।
अधिकांश नेपालीहरुले नै आर्थिक सहयोग अभियानमा सहयोग गरेको संयोजक तिवारीले जानकारी दिँदै यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरेका छन् ।
उनको शबलाई सहकर्मी धिरेन्द्र अधिकारीले डिसेम्बर २५ मा लिएर गएका थिए । सेक्युरिटी कम्पनीले धामीको तलब, बोनस र अन्य आर्थिक सहुलियत स्वरुप आठ हजार चार सय सन्ताउन्न दिराम्स नेपाली दूताबासमा बुझाएको दीपेन्द्रसिंह धामी राहत तथा उद्धार समितिका संयोजक जीपी तिवारीले बताएका छन् । यहाँबाट पाइने बिमाको रकमबारे आफूहरुलाई जानकारी नभएको, त्यसका लागि महिनौ लाग्ने र कम्पनीले यस विषयमा आवश्यक कदम चाल्ने अपेक्षा आफूहरुले गरेको अन्य सहकर्मीहरुले बताएका छन् ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई