
लन्डन । बेलायतस्थित युवा उद्यमी कृष्ण तिवारीले वर्ष दिन अगाडि देखि सञ्चालन गरिरहेको पोस्ट ‘रेनर्सलेन पोस्ट अफिस’ (मेन) को औपचारिक उद्घाटन गरिएको छ ।
नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बिहीबार सांझ रेनर्सलेनस्थित उक्त पोस्ट अफिस रिबन र केक काटेर उद्घाटन गरेका हुन् । सो अवसरमा व्यवसायिक सफलताका लागि पूजाआजा पनि गरियो । उद्घाटनपछि राजदूत सुवेदीले बेलायमा नेपालीले विभिन्न क्षेत्रमा आफ्नो सीप र लगानी विस्तार गरिररहेकामा खुशी व्यक्त गर्दै तिवारीलाई बधाइ दिए ।
एक वर्षको गृहकार्यपछि तिवारीले गत वर्ष एक लाख ९२ हजार पाउण्ड (करिब तीन करोड रुपैयां) मा ‘रेनर्सलेन पोस्ट अफिस मेन’ किनेका थिए । स्थानीय मेयर, नेपाली डायस्पोराका कम्युनिटी लिडर र परिवारबीच उद्घाटन समारोह गरिएको थियो ।
त्यही सांझ ब्लु रुम स्पोर्टस् ब्यांक्यूटिङ हलमा आयोजित रात्री भोजमा सञ्चालक तिवारीले आफ्नो व्यवसायिक सफलतामा समस्त कर्मचारी, परिवार र शुभेच्छुकको साथ रहेको बताउंदै आभार व्यक्त गरे । पोस्ट अफिसबाट चिठी, डकुमेन्ट्ससहित सबै प्रकारका सामान विश्वभर पोस्ट, ब्रिटिश पासपोर्ट ‘चेक एण्ड सेन्ड’, ‘आइडी भेरिफिकेसन’, बैंकिङ कारोवार, मोर्गेज, ब्रोड ब्याण्ड, मोबाइल फोन-ल्यापटप पार्टस् विक्री तथा मर्मत, टिएफएल सर्भिस, डिभिएलए, रिडाइरेक्सन, मनी ग्राम सेवा, इन्सुरेन्स, पेन्सन, लोटरी, फोटो आदि गरि ९० भन्दा बढि विभिन्न सेवा उपलव्ध भएको तिवारीले जानकारी दिए । ३७० वर्षको इतिहास बोकेको पोस्ट अफिस ‘ब्राण्ड’ को फ्रेन्चाइज लिन पाउंदा आफू भाग्यमानी भएको तिवारी बताउंछन् ।
सो अवसरमा एनआरएनए उपाध्यक्ष कुल आचार्यले बेलायतमा नेपालीहरु अब रेष्टुरेन्ट वा ग्रोसरी जस्ता व्यवसायमा मात्र सिमित नभइ अन्य क्षेत्रमा पनि लगानीको दायरा फराकिलो बनाउंदै लैजानु गर्वको कुरा भएको बताए । आचार्यले तिवारीलाई बधाई दिंदै एनआरएनएले प्रवासमा रहेका लाखौं नेपालीलाई लगानी, ज्ञान-सीप हस्तान्तरण र मातृभूमिको विकासमा उत्प्रेरित गरिरहेको पनि उल्लेख गरे । कार्यक्रममा पोस्ट अफिसका अध्यक्ष मिक फेयर र तिवारीकी जीवनसंगिनी इन्दिरा बस्यालले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रममा पोस्ट अफिसको तर्फबाट उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरियो । सहभागीलाई नेपालका लोकप्रिय गायक कुलेन्द्र बिकले गायनमार्फत मनोरन्जन दिलाएका थिए ।
गत वर्ष २९ मे देखि सञ्चालनमा आएको हो पोस्ट अफिस । पोस्ट अफिस ’मेन’ बेलायतमा नेपालीले किनेकामध्ये पहिलो भएको तिवारीले बताए । सानो स्केलमा पोस्ट अफिस (लोकल) सञ्चालन गर्ने बेलायतमा तीन जनामात्र नेपाली रहेको बताइन्छ ।
तस्विर- शिव भण्डारी
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’