
लण्डन । बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीको नयाँ नेताका लागि पूर्व विदेशमन्त्री बोरिस जोन्सन र वर्तमान विदेशमन्त्री जेरेमी हन्ट अन्तिम चरणमा पुगेका छन् । उनीहरुमध्ये विजेताले बेलायतको नयाँ प्रधानमन्त्री बन्ने सौभाग्य पाउने छन् ।
कञ्जरभेटिभ पार्टीभित्रको नयाँ नेता चयनका लागि बिहीबार भएको पाँचौँ चरणको निर्वाचनमा जोन्सनले सर्वाधिक १६० मत पाए भने हन्टले ७७ मत ल्याए । पाँचौँ चरणसम्म पुगेका वातावरण मन्त्री माइकल गोभ भने ७५ मत प्राप्त गरी अन्तिम चरणबाट बाहिरिए । एक मत भने बदर भएको थियो ।
हालसम्म पार्टीभित्रका सांसदहरुले मतदान गर्ने गरेकोमा अब भने दलका १ लाख ६० हजार सदस्यले नयाँ नेताका लागि मतदान गर्नेछन् । जुलाईमा सो मत परिणाम घोषणा गरिने कार्यक्रम छ ।
यसअघि बिहीबार नै भएको चौथो चरणको मतदानमा गृहमन्त्री साजिद जाविद सबैभन्दा कम मत प्राप्त गरि प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक