लण्डन- प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न बेलायत भ्रमणको पूर्वसन्ध्यामा पूर्वगोर्खा सैनिकहरूले दुईपक्षीय भेटका क्रममा आफ्ना मागलाई छलफलको एजेन्डा बनाउन दुवै देशका प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
समान कामका लागि समान पेन्सनको माग राखी आन्दोलन गर्दै आएको गोर्खा सैनिकको संयुक्त सत्याग्रह संघर्ष समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गरी ओली र बेलायती प्रधानमन्त्री टेरेजा मेलाई आफ्नो मागप्रति संवेदनशील हुन आग्रह गरेको हो ।
प्रधानमन्त्री ओली तीन दिने बेलायत भ्रमणका लागि १० जुनमा लण्डन आइपुग्ने कार्यक्रम छ ।
‘प्रधानमन्त्री ओलीको आसन्न बेलायत भ्रमणको खबरले हामी भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिका सदस्यलगायत समग्र गोर्खा भूपूहरूमा हामीले राख्दै आएको न्याय र समानताको माग दुई देशका सरकारबीच छलफलको विषय बन्ने आशा पलाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल र बेलायतबीच दुई सय चार वर्ष लामो आपसी सम्बन्ध भएको र दुई देशका सैनिकबीच असमानता र विभेद पनि त्यति नै पुरानो रहेको भन्दै उनीहरूले त्यसलाई सच्याउने अवसर ओली–मे भेटघाटले ल्याएको बताएका छन् ।
‘दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन गोर्खा सैनिकमाथि भएको भेदभाव अन्त्य हुनु जरुरी छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानमन्त्री ओली र समकक्षी बेलायती प्रधानमन्त्री थेरेजा मेको ध्यानाकर्षण गराउँदै जतिसक्दो चाँडो माग सुनुवाइ गर्न माग गर्छौं ।’
समितिका निर्देशक ज्ञानराज राईले प्रधानमन्त्री ओलीसँग आफूहरुको लण्डनमा हुने भेटमा पनि सोही कुरा उठाउने बताए ।
समान कामका लागि समान पेन्सनको माग राख्दै पूर्वगोर्खा सैनिकहरूले बेलायत सरकारविरुद्ध केही महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् । उनीहरूले जुलाई १ सम्म माग पूरा गर्न बेलायत सरकारलाई अल्टिमेटम पनि दिएका छन् ।
गत फागुन २३ गते पूर्वगोर्खा सैनिकहरूको ओहदा हेरी ३४ प्रतिशतसम्म पेन्सन बढाउने घोषणा बेलायत सरकारले गरेको थियो । तर उनीहरु यसमा खुशी छैनन् ।
समान कामका लागि समान सुविधा भन्ने माग राखेर पूर्वगोर्खा सैनिकहरू तीस वर्षदेखि बेलायतविरुद्ध आन्दोलनरत छन् । आमरण अनशनसमेत बसेपछि बेलायत सरकारले उनीहरूको मागका सम्बन्धमा प्राविधिक अध्ययन गरी २२ मार्च २०१८ मा प्रतिवेदन सार्वजनिक गरेको थियो । बेलायत र नेपालका प्रतिनिधिका साथै आफूसमेत संलग्न वार्ता समिति गठन गरी प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने पूर्वसैनिकहरूको माग छ ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने