लण्डन- प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न बेलायत भ्रमणको पूर्वसन्ध्यामा पूर्वगोर्खा सैनिकहरूले दुईपक्षीय भेटका क्रममा आफ्ना मागलाई छलफलको एजेन्डा बनाउन दुवै देशका प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
समान कामका लागि समान पेन्सनको माग राखी आन्दोलन गर्दै आएको गोर्खा सैनिकको संयुक्त सत्याग्रह संघर्ष समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गरी ओली र बेलायती प्रधानमन्त्री टेरेजा मेलाई आफ्नो मागप्रति संवेदनशील हुन आग्रह गरेको हो ।
प्रधानमन्त्री ओली तीन दिने बेलायत भ्रमणका लागि १० जुनमा लण्डन आइपुग्ने कार्यक्रम छ ।
‘प्रधानमन्त्री ओलीको आसन्न बेलायत भ्रमणको खबरले हामी भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिका सदस्यलगायत समग्र गोर्खा भूपूहरूमा हामीले राख्दै आएको न्याय र समानताको माग दुई देशका सरकारबीच छलफलको विषय बन्ने आशा पलाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल र बेलायतबीच दुई सय चार वर्ष लामो आपसी सम्बन्ध भएको र दुई देशका सैनिकबीच असमानता र विभेद पनि त्यति नै पुरानो रहेको भन्दै उनीहरूले त्यसलाई सच्याउने अवसर ओली–मे भेटघाटले ल्याएको बताएका छन् ।
‘दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन गोर्खा सैनिकमाथि भएको भेदभाव अन्त्य हुनु जरुरी छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानमन्त्री ओली र समकक्षी बेलायती प्रधानमन्त्री थेरेजा मेको ध्यानाकर्षण गराउँदै जतिसक्दो चाँडो माग सुनुवाइ गर्न माग गर्छौं ।’
समितिका निर्देशक ज्ञानराज राईले प्रधानमन्त्री ओलीसँग आफूहरुको लण्डनमा हुने भेटमा पनि सोही कुरा उठाउने बताए ।
समान कामका लागि समान पेन्सनको माग राख्दै पूर्वगोर्खा सैनिकहरूले बेलायत सरकारविरुद्ध केही महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् । उनीहरूले जुलाई १ सम्म माग पूरा गर्न बेलायत सरकारलाई अल्टिमेटम पनि दिएका छन् ।
गत फागुन २३ गते पूर्वगोर्खा सैनिकहरूको ओहदा हेरी ३४ प्रतिशतसम्म पेन्सन बढाउने घोषणा बेलायत सरकारले गरेको थियो । तर उनीहरु यसमा खुशी छैनन् ।
समान कामका लागि समान सुविधा भन्ने माग राखेर पूर्वगोर्खा सैनिकहरू तीस वर्षदेखि बेलायतविरुद्ध आन्दोलनरत छन् । आमरण अनशनसमेत बसेपछि बेलायत सरकारले उनीहरूको मागका सम्बन्धमा प्राविधिक अध्ययन गरी २२ मार्च २०१८ मा प्रतिवेदन सार्वजनिक गरेको थियो । बेलायत र नेपालका प्रतिनिधिका साथै आफूसमेत संलग्न वार्ता समिति गठन गरी प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने पूर्वसैनिकहरूको माग छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?