लन्डन । युरोपकै पुरानो सांस्कृतिक राजधानी भनेर चिनिने बेलायतको मर्सीसाइडस्थित लिभरपुलमा सोमबार दिउंसो धुमधाम संग नेपाली पञ्चेबाजा घन्कियो । उक्त सांस्कृतिक कार्यक्रम आयोजना बेलायतमा भर्खरै उदाएको नेपाली सांस्कृतिक समाज (एनसीएस) युकेले गरेको थियो ।
परम्परागत एवं मौलिक नेपाली संस्कृतिलाई विदेशमा आकर्षक तरिकाले चिनाउने हेतुले लिभरपुल शहरमा कार्यक्रम गरिएको आयोजक तथा नेपाली सांस्कृतिक समाजका संस्थापक अध्यक्ष गोपाल अधिकारीले बताए ।
सोही मौकामा भिजिट नेपाल २०२० लाई समेत लक्षित गर्दै आइरिस कल्चर सेन्टरमा नौमति बाजा प्रदर्शन गरियो । यसअघि विश्वभरका पर्यटकहरु झुम्मिने म्यूजियम अफ लिभरपुल डबलीमा पञ्चेबाजा बजाउने योजना भने अनुमति नभएपछि सफल हुन पाएन ।
कार्यक्रममा नेपाली समुदाय तथा स्थानीय बेलायती समुदायको पनि उल्लेखनीय उपस्थिति रहेको नेपाली सांस्कृतिक समाजकी महासचिव कृष्णा गुरुङले जनाइन् ।
वीराल काउन्सिलमा ‘हेल्थ एण्ड सोसियल वर्क’ सम्बन्धी काम गर्दै आएका अर्का समाजसेवी लाहुरे धन गुरुङले नौमतीबाजा जस्तो परम्परागत नेपाली लोक मौलिक धुन विदेशी समुदायमाझ बजाउंदा यसले दुवै समुदायबीच ‘सोसियल कोहीजन’ र सामुदायिक अन्तरसम्बन्ध (कम्युनिटी इन्टीग्रेसन) स्थापित गराउने बताए ।
कार्यक्रममा सहभागी दुई बेलायती नागरिकले नेपाली नौमती बाजाको ताल एकदमै मन छुने र नाच्न प्रेरित गर्ने खालको भएको बताए ।
लिभरपुल शहर आप्रवासी र सांस्कृतिक पर्यटनका लागि चर्चित ठाउं हो । स्थानीय सांस्कृतिक धरोहर, अन्तर्राष्ट्रिय सांस्कृतिक झांकी तथा विविध पर्यटन गतिविधिका लागि लिभरपुलले सन् २००८ मा ‘युरोपियन क्यापिटल अफ कल्चर’ भन्ने टाइटल समेत पाएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग