लन्डन । व्यक्तिगत निम्तोमा नेपाली नयां वर्ष मनाउन आएका गायकद्वय हिमाल सागर र आशिष सचिन बेलायतमा आधा दर्जनजति सांगीतिक कार्यक्रम गरेर भर्खर फर्किए । करिब तीन साताको बेलायत बसाइमा उनीहरुले नेपाली सांस्कृतिक समाज यूके, पिटरबरो नेपाली समाज यूकेसहित लन्डन, फोकस्टन, आसफोर्ड आदि शहरमा कन्सर्ट गरे । भिजिट भिजामा आएर छोटो समयभित्र घुमघाम अनि केही हजार पाउण्ड बटुलेर फर्कन पाउंदा दंग छन् कलाकारद्वय ।
भिजिट भिजामा बेलायत उत्रिएका कलाकारहरु भूमिका शाह, साहिमा श्रेष्ठ र प्रसन्ना पाण्डेको व्यस्तता कायमै छ । थर्ड आई र नेपाली भाषा तथा सांस्कृतिक केन्द्रको निम्तोमा पहिलो पटक बेलायत घुम्न आएका ति कलाकार यहां कमाउन व्यस्त छन् । हवाइ टिकेट थर्ड आइले किनिदिएको थियो, बस्ने खाने प्रवन्ध त स्थानीय आयोजकले गर्ने नै भए ।
बालबालिकालाई नेपाली भाषा सिकाइरहेको नेपाली भाषा तथा सांस्कृतिक केन्द्रको सहयोगार्थ एउटा कार्यक्रम निशुल्क गरिदिएपछि कलाकारत्रयलाई अन्य कार्यक्रममा पाउण्ड बटुल्न भ्याइनभ्याइ छ । लन्डन, फार्नबोरो लगायतमा कार्यक्रम गरिसकेपछि लन्डनमै फेरि कार्यक्रम गर्दैछन् उनीहरु ।
म्याग्दी ओभरसिज नेपलिज एसोसिएसन (मोना) यूकेको निम्तोमा भिजिट भिजा लिएर नयां वर्ष शुभकामना सांझ गर्न आएका कलाकारहरु कुमार पुन, कुमारी चेपाङ र निखिता थापाको पनि चटारो निकै छ यहां । २५ अप्रिलमा लन्डन उत्रिएका कलाकारत्रयले मे २४ मा नेपाल फर्कनुअघि केही कन्सर्ट गर्ने तय भइसकेको छ ।
मोना यूकेको पहिलो कार्यक्रममा ति कलाकारले करिब २६ सय पाउण्ड कमाए । मोना यूकेका महासचिव लालबहादुर पुनका अनुसार विदाइ कार्यक्रम (१८ मे) मा प्रत्येक कलाकारलाई ५ सय पाउण्डका दरले पारिश्रमिक पनि दिइने छ । ‘हाम्रो संस्थाले पहिलो पटक एकैपटक तीन कलाकारलाई ल्याएकाले खर्च त धेरै भयो’, पुनले भने, ‘दुई कलाकारको हवाइ टिकट मात्र दुई हजार पाउण्ड जति खर्च भएको छ । घुमाउने, राख्ने त छंदैछ । अझ मोना कतारले कुमार पुनको हवाइ खर्च बेहोरिदिएपछि संस्थालाई केही राहत भयो ।’
भिजिट क्याटेगोरी भएकाले ति कलाकार यदि बिरामी भए भने इन्सुरेन्स नहुंदा मेडिकलमा धेरै खर्च हुने पुन बताउंछन् ।
यी त पछिल्ला केही उदाहरण हुन् । अचेल चर्चित देखि नामै नसुनिएका कलाकारहरुको भीडले संगीतमय छ बेलायती डायस्पोरा । नेपाली नयां वर्ष, दशैं तिहार, तीज अनि यहां खुलेका सयौं गाउंले समाजका समर जमघट आदिमा नेपाली कलाकारको आगमन बढेको बढ्यै छ । आवेदनमा तिनको उद्देश्य घुम्ने हुन्छ तर धन्दा कमाउने भएको छ । कति कार्यक्रम बलजफ्ती चल्छन्, कति दर्शक नपाएर आयोजक चुर्लुम्म डुबेका पनि सुनिन्छ । यद्यपि कलाकारलाई दान दक्षिणा, उपहार, पारिश्रमिक जोड्दा नाफै छ ।
कलाकार झिकाउने मध्ये अग्रपंक्तिमा छन् सपन इन्टरटेनमेन्ट लिमिटेडका सपनकुमार राई । अढाइ दशकयता उनले बेलायतमा सयौं कार्यक्रम गरे । राईले नाम चलेका करिब ८० कलाकार बेलायत ल्याइसके । उनको कम्पनीसंग टियर ५ लाइसेन्स छ, जसले सिओएस जारी गरेर नेपालबाट कलाकार झिकाउने गर्छ । टियर ५ र इन्टरटेनमेन्ट भिजामा मात्र कलाकारले यता आएर गीत गाउन पाउने राई बताउंछन् । ‘अचेल त कार्यक्रम अत्यधिक भएर न कलाकारको भाउ छ न आयोजकको’, राईको अनुभव छ, ‘बेलायत उत्रिइसकेपछि रेष्टुरेन्ट वा बर्थ डे पार्टीमा समेत गएर गाइदिने प्रचलनले कलाकारकै इज्जत घटेको छ ।’
घुम्ने भिजा लिएर आएपनि कलाकार कार्यक्रम नगरि बस्ने कुरै भएन । एउटा कलाकारले महिना दिन बस्दा कम्तीमा आधा दर्जन कार्यक्रम भ्याउंछ । एउटा कार्यक्रमबाट थोरै भएपनि ३ सय पारिश्रमिक र दुई सय पाउण्ड टिप्स् जोड्दा फर्कने बेला कम्तीमा ५ लाख रुपैयां बटुल्छ । बस्ने, खाने, घुम्ने त सामान्य भयो । यस अलवा दूतावासको रात्रीभोज प्रायः कलाकारको ‘बोनस’ हुन्छ ।
सोलिसिटर राजु थापा भिजिट भिजामा आएर गाउनु वा काम गर्नु गैर कानूनी भएको बताउंछन् । ‘एउटा आयोजकको निम्तोमा आएर अर्काको कार्यक्रमतिर गाउनु पनि गैर कानूनी हो’, थापाले भने, ‘अध्यागमन नियमको दुरुपयोग भएको थाहा पाए होम अफिसले सम्बन्धित कलाकारलाई डिपोर्ट गरि १० वर्षसम्म बेलायत आउन प्रतिवन्ध लगाउन र आयोजकलाई जरिवाना गर्न सक्छ ।’
टियर ५ वा इन्टरटेनमेन्ट भिजामा बेलायत आउने कलाकारको संख्या ज्यादै न्यून छ । संस्थागत वा व्यक्तिगत स्पोन्सरसीपमा आउने करिब ९० प्रतिशत कलाकारको भिजा वर्गीकरण ‘भिजिट’ हुने सम्बन्धित क्षेत्रका ज्ञाता बताउंछन् । यसको दुरुपयोग जारी रहे कलाकारलाई कडाइ गर्न बेलायत वाध्य हुने उनीहरुको चिन्ता छ । कान्तिपुर
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा