लन्डन । बेलायती संसदमा नेपालका अटिजम पीडितहरुको सहयोगार्थ एक च्यारिटी कार्यक्रम भएको छ । अटिजम केयर नेपाल सोसाइटीलाई सहयोग जुटाउन बुधबार सांझ कार्यक्रम भएको हो ।
नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठले आयोजना गरेको उक्त कार्यक्रममा आर्थिक संकलनसंगै नेपालमा अटिजम अवस्थाबारे चर्चा गरियो ।
कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले अटिजम बालबालिकाको सहयोगार्थ च्यारिटी आयोजना गर्ने श्रेष्ठलाई धन्यवाद दिंदै वर्तमान सरकारले अपांग र असक्तहरुको स्वास्थ एवं रेखदेखमा विशेष प्राथमिकता दिएको बताए । उनले अटिजम पीडितहरुलाई घर र समाजबाट तिरस्कारको सट्टा सम्मान तथा हेरविचार आवश्यक रहेकोमा पनि जोड दिए ।
बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्माले पनि वुमन एसोसिएसन र महिला अभियन्ता श्रेष्ठको सामाजिक कामको प्रशंसा गरे । छिट्टै नेपाल भ्रमण गर्ने तयारीमा रहेका सांसद शर्माले आफ्नोतर्फबाट सक्दो सहयोगको वचन दिए ।
उक्त कार्यक्रममा अटिजम केयर नेपाल सोसाइटीकी अन्तर्राष्ट्रिय सल्लाहकार लिन बबिङटनले नेपालमा अटिजम पीडितहरुको अवस्था र यस क्षेत्रमा भएका पहलबारे चर्चा गरिन् । उनले अटिजम रोगबारे समेत जानकारी दिएकी थिइन् ।
वुमन एसोसिएसनकी अध्यक्ष श्रेष्ठले सहभागी तथा प्रायोजक सबैप्रति आभार व्यक्त गर्दै संस्थाको उद्देश्यबारे प्रष्टयाइन् । आगामी साता नेपाल गएर संकलित रकम हस्तान्तरण गर्ने श्रेष्ठले जनाइन् ।
कार्यक्रममा एसोसिएसनकी संरक्षक पुनम राज्य लक्ष्मी सुवेदीले प्रायोजक तथा अन्य सहयोगी र चिट्ठा विजेतालाई पुरस्कार एवं सम्मानपत्र प्रदान गरेकी थिइन् ।
उक्त कार्यक्रममा दूतावासका सैनिक सहचारी कर्णेल कुमारबाबु थापा, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल, डा. जानकी धिताल, यतीका नवनिर्वाचित अध्यक्ष ध्रुव केसी, सोलिसिटर राजु थापा, व्यवसायीहरु महन्त श्रेष्ठ, बिराज भट्ट, लोकप्रिय गायक योगेश्वर अमात्य, क्याप्टेन आरएस श्रेष्ठ, यती पूर्व अध्यक्षहरु उमेश मोक्तान, शशीधर नेपाल, एनआरएनए यूकेकी उपाध्यक्ष पुनम गुरुङ, हरि केसीलगायत समाजका गन्यमान्य व्यक्तित्व र काउन्सिलरहरुको उपस्थिति थियो ।
त्रिभुवन विश्वविद्यालय, टिचिङ हस्पिटलमा कार्यरत बाल रोग विशेषज्ञ डा. मेरिना श्रेष्ठका शब्दमा अटिजम मस्तिष्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो ।
अटिजममा बाहिरबाट हेर्दा कुनै रोग देखिंदैन । सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसंग कुरा गर्न गारहो हुने, आंखा नजुधाउने, एक्लोपन रुचाउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने तथा एउटै कुरा दोहोरयाउने आदि हुन्छ । इन्द्रियहरूको उतारचढावका कारण अटिजम भएका बालबालिकाले वातावरण, व्यक्ति र वस्तुप्रति अलग किसिमको प्रतिक्रिया देखाउंछन् ।
तस्विरहरु- शिव भण्डारी
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर