लन्डन । बेलायतको रमणीय शहर केन्टमा बसोबासरत गुरुङहरुको साझा संस्था तमु समाज केन्ट युकेको अध्यक्षमा श्रीमती राजदेवी गुरुङ निर्विरोध चुनिएकी छिन् । उनी तमु समाज केन्ट युकेको सातौं अध्यक्ष हुन् ।
तमूहरुको आफ्नो संस्कार, संस्कृति, भाषा, भेषभुषा, रितिरिवाज, परम्परा र कला जगेर्ना गर्ने उद्देश्यले स्थापित समाजकी उनी पहिलो महिला अध्यक्ष हुन् ।
युकेका विभिन्न सामाजिक र राजनीतिक संस्थाहरुमा महिला नेतृत्व न्यून रहँदै आएकामा राजदेवीले यो मौका पाएकी हुन् । उनी तमु समाज केन्ट युकेको स्थापना कालदेखि नै सक्रिय हुँदै आएकी थिइन् ।
हालसम्म ६ जना अध्यक्षहरुले तमु समाज केन्ट युकेको सफल नेतृत्व गरिसकेका छन् ।
सातौं अधिवेशनको निर्वाचन मण्डलले आइतबार २८ अप्रिल २०१९ देखि लागू हुने गरी श्रीमती राजदेवी गुरुङको अध्यक्षतामा प्रथम उपाध्यक्षमा डोल बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा प्रेम कुमारी गुरुङ, महासचिवमा गोलमान गुरुङ, सचिवमा निरज गुरुङ, कोषाध्यक्षमा भीम प्रसाद गुरुङ, सह कोषाध्यक्षमा नरेन्द्र गुरुङ, साँस्कृतिक संयोजकमा ममता गुरुङ, साँस्कृतिक सहसंयोजकमा इन्द्र गुरुङ, महिला संयोजकमा पवित्र गुरुङ र सुमित्रा गुरुङ, खेलकुद सचिवमा होम गुरुङ, खेलकुद उपसचिवमा मान गुरुङ र गणेश गुरुङ, जेष्ठ नागरिक संयोजकमा बलवीर गुरुङ, न्यूज अनि मिडियामा मिलन गुरुङ र वेवसाइटमा हेम गुरुङले जिम्मेवारी पाएका छन् ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा