
लन्डन । ‘एभरेष्ट इन’ रेष्टुरेन्टलाई बेलायतमा चिनाइरहनु पर्दैन । त्यहांको परिकार जति स्वादिलो छ, त्यति नै न्यानो स्वागत सत्कारले ग्राहक/अतिथी दंग परेर फर्कन्छन् । शत प्रतिशत विदेशी ग्राहक आकर्षित गर्ने यस रेष्टुरेन्टमा विभिन्न नेपाली पर्वको मौका छोपेर विदेशी ग्राहकहरुलाई निम्त्याइन्छ । तिहारको अवसरमा सप्तरंगी टिका र ढाका टोपी लगाइदिएर होस् या दशैंमा रातो टिका, दौरा सुरुवाल । यस्तै विभिन्न परम्परागत ढांचामा स्वागत गर्ने परम्परा बसालेको छ एभरेष्ट इनले ।
गत सोमबार नेपाली नयां वर्षको अवसरमा लण्डन ब्ल्याकहिथ ब्रान्चको ‘एभरेष्ट इन’ मा त्यस्तै माहोल देखियो । अवसर नेपाली नयां वर्ष थियो तर उत्सव विदेशीहरुले मनाइरहेका थिए । विदेशीलाई नेपाली मौलिक शैलीमा स्वागत सत्कारका साथ नेपाली ‘अथेन्टिक’ खाना चखाउनु, नेपाल भ्रमण वर्ष -२०२० को जानकारी र उक्त कार्यक्रमबाट उठेको रकम समाज सेवामा खर्चनु कार्यक्रमको प्रमुख उद्देश्य थियो । भित्तामा टांसिएका सगरमाथाको आकर्षक पोस्टर, आंखी झयाल, सारंगी, बुद्धको मुर्ती लगायत विविध परम्परागत वस्तुकलाले रेष्टुरेन्ट नेपालमय देखिन्थ्यो ।
त्यस्तै, नेपाली खानाको स्वादसंगै गायक, संगीतकार गंगा थापाको स्वर र नेपाली धुनमा मन्त्रमुग्ध देखिन्थे अतिथीहरु । साथै ‘राफल ड्र’ विजेताले नेपालीको पहिचान खुकुरी, नेपालको विभिन्न रमणीय स्थानको पेन्टिङ उपहार पाउंदा उपस्थित विदेशी पाहुनाहरु हर्षित देखिन्थे ।
‘व्यवसायबाहेक नेपाली कला संस्कृतिको प्रवर्धन र हाम्रो प्रयासमा थोरैमात्र पर्यटक नेपाल भित्रन्छन् भने त्यो हाम्रा लागि सबै भन्दा ठूलो उपलब्धि हो’- एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले बताए ।
रेष्टुरेन्टकै पहलमा हरेक वर्ष समूह बनाई बेलायती नागरिकहरुलाई विभिन्न अवसर पारी नेपाल भ्रमण गराइन्छ । गत वर्ष पनि रेष्टुरेन्टका अर्का निर्देशक तथा नेपाल पर्यटन बोर्ड बेलायतका लागि पूर्व मानार्थ सदस्य पशुपति भण्डरीको संयोजकत्वमा स्थानीय काउन्सिलर, व्यवसायी विभिन्न, संघ संस्थाका प्रतिनिधि लगायत दुई दर्जन पर्यटकलाई नेपाल भ्रमण गराइएको थियो ।
एभरेष्ट इन अन्तर्राष्ट्रिय सेलिब्रेटीहरुमा पनि उत्तिकै प्र्रख्यात छ । बलिउडका शाहरुख खान, कैटरिना क्याफ, ब्रिटिस सेलिब्रेटी जोआना लुम्ले, प्रिन्स माइकल, गायक जे सिन, फुटबलर सोल क्याम्बेल लगायतलाई एभरेष्ट इनले नेपाली स्वाद चखाइसकेको छ ।
एभरेष्ट इनले बेलायती संसद भवन हाउस अफ कमन्स्, विदेश मन्त्रालय (एफसीओ) देखि नेपाली दूतावास लगायतका महत्वपूर्ण सरकारी निकाय र विभिन्न ठाउंमा नेपाली खाना उपलव्ध गराइरहेको छ ।
बेलायतका विभिन्न चार शहरमा एभरेष्ट इन रेष्टुरेण्टका आउटलेट सञ्चालनमा छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण