
लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र (नेपाली कक्षा) वन्टोकले च्यारिटी कार्यक्रमको तयारी पुरा गरेको छ । नेपाली नयाँ बर्ष २०७६ को दिन आइतवार १४ अप्रिलमा लन्डनस्थित ह्यारोमा गरिने कार्यक्रमको तयारी पुरा भएको हो ।
उक्त कार्यक्रमका लागि नेपालबाट तीन जना कलाकार समेत लन्डन उत्रिएका छन् । विहीवार नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधान, शम्मु आचार्य, उमेश खडका र विकास देवकोटाले कलाकारहरुलाई हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।
बेलायतमा जन्मिएर नेपाली भाषा सिकिरहेका नयाँ पुस्तालाई नेपाली भाषा सिकाउनका लागि नेपाली कक्षा संचालन भैरहेको छ । नयाँ पुस्तालाई नेपाली भाषा र मातृभूमिसँग जोडन सो केन्द्रले लामो समयदेखि नेपाली भाषा कक्षा संचालन गर्दै आएको छ ।
नेपाली कक्षाले गर्ने च्यारिटीलाई सांगीतिक बनाउन कलाकार भूमिका शाह, सहिमा श्रेष्ठ र प्रसन्ना पाण्डेलगायतका कलाकार नेपालबाट आइसकेका छन् । उनीहरुले नेपाली गीत र संगीत मार्फत सो कार्यक्रमलाई मनोरन्जनात्मक बनाउने केन्द्रका अध्यक्ष प्रधानले बताए । त्यसवाहेक नेपाली भाषा सिकिरहेका बालकालिकाको प्रस्तुत समेत रहनेछ ।
नयाँ पुस्तालाई नेपाली भाषासँग जोडने भाषा केन्द्रको कार्यलाई बेलायतस्थित महानुभावले च्यारिटीमार्फत सहयोग गरिरहेको अध्यक्ष प्रधानले जानकारी दिए । यहाँका नेपालीको सहयोगले कार्यक्रम सफल हुने विश्वास प्रधानलाई छ ।

अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा