लण्डन । बेलायत घुम्न आएका बेला अकस्मात हृदयघात भई दिवंगत प्रकाश विक्रम वस्नेतको परिवारलाई क्षेत्री समाज बेलायतले आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष राजन क्षेत्रीले शनिबार चन्दाबाट संकलित रकम £१३९१ परिवारलाई हस्तान्तरण गरेका हुन् ।
डाटफोर्ड, केन्ट निवासी पबित्र बिक्रम बस्नेतका बुवा प्रकाश विक्रम बस्नेतको बेलायत भ्रमणका क्रममा अकस्मात हृदयघात हुन गइ आईसीयूमा उपचारकै क्रममा २१ औं दिनमा गत मार्च १५ मा असामयिक निधन भएको थियो ।
मेडिकल इन्सुरेन्स नभएको र अस्पतालको महँगो खर्च पनि भुक्तानी गर्नुपर्ने भएपछि बस्नेत परिवारले सहयोग याचना गरेको थियो ।
त्यसपछि समाजका उपाध्यक्ष तथा आपत्कालिन राहत कोषका संयोजक यज्ञ क्षेत्रीको संयोजनमा सहयोग संकलन सुरु गरिएको थियो ।
बस्नेत निवासमा रकम हस्तान्तरणका क्रममा संयोजक क्षेत्रीले मानवीय बिपत्तिमा समाजको अनुरोध स्वीकारी सहयोग गर्ने सबै सदस्यहरूप्रति आभार प्रकट गरे । सो अवसरमा सल्लाहकार धन क्षेत्री, महासचिब कुमार केसी, कोषाध्यक्ष महेन्द्र केसी, यम भण्डारी, दीपक थापा, सुनिता गौतम, रमेश बास्तोला लगायतको उपस्थिति थियो ।
भर्खरै लण्डन कविता कन्सर्ट-२ बाट विकट सिन्धुपाल्चोक टेकानपुरको बिद्यालयलाई सम्पूर्ण खर्च कटाएर १७ लाख प्रदान गर्न सफल क्षेत्री समाज बेलायत केही बर्षदेखि परोपकारी तथा मानवीय कार्यमा अग्रणी रूपमा देखिएको छ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा