लण्डन । ग्रीनीच भलिवल परिवारले लण्डनको वुलवीचमा भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही मे ५ तारिखका दिन आइतबार वुलवीचस्थित रोयल आर्टिलरी ब्यारेकमा सो प्रतियोगिता हुने भएको हो ।
लिग कम नकआउट आधारमा खेलाइने सो प्रतियोगितामा विजेतालाई १ हजार २५० पाउण्ड, रनर अपलाई ८०० पाउण्ड नगद पुरस्कार र शिल्ड दिइने छ । प्रतियोगितामा सहभागी हुने टोलीले १५० पाउण्ड ‘इन्ट्री फी’ तिनुपर्नेछ ।
युवा वर्गलाई खेलकुदको माध्यमबाट स्वस्थ रहन र मनोरञ्जन दिलाउनका लागि सो खेलकुद कार्यक्रम आयोजना गरिएको परिवारले जनाएको छ । परिवारले पहिलोपटक सो प्रतियोगिता आयोजना गरेको हो र आगामी वर्षहरुमा वर्षेनी प्रतियोगिता गरिने आयोजकले बताएका छन् ।
प्रतियोगितामा भाग लिन चाहनेहरुले खड्क रेश्मी ०७८३२२५१८५३, कमल राना ०७८८३९९५५७६, विनोद ज्ञवाली ०७५ ७७४७ १८२०, रविन्द्र रोका ०७५ ०६६८ २५९९, चन्द्र पुन ०७४ २८७८ ७४८७, अमर गुरुङलाई सम्पर्क गर्न सकिने छ ।
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति