लण्डन । ग्रीनीच भलिवल परिवारले लण्डनको वुलवीचमा भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही मे ५ तारिखका दिन आइतबार वुलवीचस्थित रोयल आर्टिलरी ब्यारेकमा सो प्रतियोगिता हुने भएको हो ।
लिग कम नकआउट आधारमा खेलाइने सो प्रतियोगितामा विजेतालाई १ हजार २५० पाउण्ड, रनर अपलाई ८०० पाउण्ड नगद पुरस्कार र शिल्ड दिइने छ । प्रतियोगितामा सहभागी हुने टोलीले १५० पाउण्ड ‘इन्ट्री फी’ तिनुपर्नेछ ।
युवा वर्गलाई खेलकुदको माध्यमबाट स्वस्थ रहन र मनोरञ्जन दिलाउनका लागि सो खेलकुद कार्यक्रम आयोजना गरिएको परिवारले जनाएको छ । परिवारले पहिलोपटक सो प्रतियोगिता आयोजना गरेको हो र आगामी वर्षहरुमा वर्षेनी प्रतियोगिता गरिने आयोजकले बताएका छन् ।
प्रतियोगितामा भाग लिन चाहनेहरुले खड्क रेश्मी ०७८३२२५१८५३, कमल राना ०७८८३९९५५७६, विनोद ज्ञवाली ०७५ ७७४७ १८२०, रविन्द्र रोका ०७५ ०६६८ २५९९, चन्द्र पुन ०७४ २८७८ ७४८७, अमर गुरुङलाई सम्पर्क गर्न सकिने छ ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा