काठमाडौं। नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापा गोलानस्थित राष्ट्रसंघीय डिसइङ्गेजमेन्ट अब्जर्भर फोर्स (अनडोफ) को कमान्डर तथा मिसन प्रमुखमा नियुक्त भएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले थापालाई सोमबार मिसन प्रमुख तथा फोर्स कमान्डरमा नियुक्त गरेका हुन्।
‘राष्ट्रसंघीय शान्ति मिसन अनडोफको फोर्स कमान्डरमा उपरथी पूर्णचन्द्र थापा नियुक्त हुनुभएको छ। यससँगै उहाँले मिसन प्रमुखको समेत जिम्मेवारी पाउनुभएको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘थापा निकट भविष्यमै जिम्मेवारी सम्हाल्न मिसन इलाकातर्फ प्रस्थान गर्नुहुनेछ।’
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल इक्बाल सिंह आफ्नो कार्यकाल सकेर फर्केपछि उक्त ठाउँमा थापाले जिम्मेवारी सम्हाल्ने छन्।
‘यस किसिमको जिम्मेवारीले नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि पुरयाउँदै आएको योगदानको उच्च मूल्यांकन भएको तथा नेपाल र नेपालीको अन्तर्राष्ट्रिय क्षेत्रमा छवि उच्च पार्न थप मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
झन्डै ६ वर्षपछि सेनाले यो अवसर पाएको हो। यसलाई राष्ट्रसंघभित्र सहायक महासचिवस्तरको जिम्मेवारी मानिन्छ। यसअघि रथी पवनजंग थापाले यो जिम्मेवारी समाहलेर फिर्ता भएपछि राष्ट्र संघले यो अवसर नेपाललाई दिएको थिएन। सेनाका पूर्व जर्नेलहरू भिक्ट्री राणा, कृष्णनारायणसिंह थापा, बालानन्द शर्माले पनि यो जिम्मेवारी पाएका थिए। थापा सेनाभित्र बौद्धिक र भलाद्मी छवि भएका जर्नेल मानिन्छन्। हाल उनले सम्भारथी विभागको नेतृत्व गरेका छन्। उनी छिटै जिम्मेवारी सम्हाल्न लेबनान नजिकै गोलन हाइट जाँदैछन्।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय