
दक्षिण कोरियामा रोजगारीका लागि कोरियन भाषा परीक्षा शुल्क बुझाउन काठमाडौँको कीर्तिपुरस्थित ग्लोबल बैंकमा शुक्रबार युवायुवतीको भीड । तस्बिर- रोशन सापकोटा, रासस
काठमाडौं, ८ चैत – रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ५० हजार बढीले आवेदन दिएका छन् ।
गए राति १२ बजेदेखि आवेदन खुला गरिएको थियो । आज अपराह्न ५ बजेसम्म ५० हजार युवाले आवेदन फारम भरिसकेको इपिएस कोरिया शाखाले जनाएको छ । यस पटकदेखि अनलाइनबाटै दरखास्त शुल्क तिर्ने व्यवस्था मिलाइएपछि आवेदकले विगतमा झै सास्ती व्यहोर्नु परेन ।
विगतका वर्षमा अनलाइन भुक्तानी प्रणाली लागू नगर्दा आवेदकले अघिल्लो दिनदेखि नै बैंक काउन्टर अगाडि लाइन लाग्नुपर्ने अवस्था देखिएको थियो । विद्युतीय भुक्तानी सेवा प्रदायक संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायतबाट दरखास्त शुल्क बुझाउने व्यवस्था मिलाइएपछि यसपटक विगतमा जस्तो आवेदकको भीडभाड कतै पनि देखिएन ।
अनलाइनबाट परीक्षा दस्तुर भुक्तानी गर्न सकिनेबारे जानकारी नपाएका केही युवा बिहानै बैंकको काउन्टर अगाडि लाइन लागे पनि मध्याह्नपछि कुनै पनि बैंकको काउन्टरमा लाइन देखिएको थिएन । आवेदन फारम यही चैत १७ गते राति १२ बजेसम्म भर्न सकिनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता