
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्दै । तस्वीर- नरेश केसी, लुम्बिनी, रासस
बुटवल, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिनुभएको छ ।
आज बिहान भैरहवा आउनुभएको प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितले स्थलगत अवलोकन गर्नुभएको थियो ।
विमानस्थलको प्रगति विवरणबारे आयोजना प्रमुख ई प्रवेश अधिकारीले विवरण प्रस्तुत गर्दै हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनुभयो ।
यसपछि प्रधानमन्त्री ओलीले तिलोत्तमा नगरपालिका–१ स्थित निर्माणाधीन प्रदेशस्तरको मेडिकल कलेज र चौराहास्थित बुटवल – नारायणगढ सडक खण्डको छ लेनको सडक विस्तारको उद्घाटन गर्नुहुनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय