काठमाडौँ, ६ चैत – विश्वका उत्कृष्ट १० विश्वविद्यालयमध्येको एक अक्सफोर्ड विश्वविद्यालयले नेपाल रणनीति नै बनाएर पूर्वीय दर्शन एवं संस्कृतको अध्ययन अनुसन्धानमा सहयोग गर्ने भएको छ ।
मङ्गलबारदेखि राजधानीमा शुरु भएको अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठीमा आफ्ना विचार राख्नुहुँदै अक्सफोर्ड विश्वविद्यालयमा संस्कृत प्राध्यापनरत नेपाली मूलका प्राध्यापक दिवाकर आचार्यले आफू यसको पूर्वाधार निर्माणकै लागि गृहकार्य गर्न हाल नेपाल आएको बताउनुभयो ।
संस्कृतमा रहेका ज्ञान–विज्ञानलाई बाहिर ल्याउन यो अवसर हुने भएकाले सहयोग गर्न उहाँले गोष्ठीका विद्वान्सँग आग्रह गर्नुभयो । “२०० वर्षअघि सम्म सबै ज्ञान संस्कृतमै थियो, संस्कृतमा भएका शिल्पकला, वास्तुकलामा हाल कसैको ध्यान जान सकेको छैन, एउटा न्यातपोल मन्दिर निर्माणकै विषयको एक हजार ५०० पृष्ठको दस्तावेज राष्ट्रिय अभिलेखालयमा छ, तर त्यसका पाठक छैनन्, ज्ञान पुस्तकमै थन्केर बसेको छ,” उहाँले भन्नुभयो ।
योग र आयुर्वेदलाई व्यवस्थित रुपमा अध्यापन गराए धेरै देशका विद्यार्थीले नेपालमा पढ्न आउने इच्छा देखाएको प्राध्यापक आचार्यले सुनाउनुभयो । जर्मनी, जापान हुँदै हाल बेलायतमा संस्कृत पढाउन पुग्दा धेरै देशका विद्यार्थीले पूर्वीय दर्शनका धेरै विषयको अध्ययन यहीँ आएर गर्न चाहेको सुनाउँदै उहाँले त्यसको वातावरण बनाउने काम सरकारको हो भन्नुभयो ।
अमेरिकाको सेन्ट्यागो विश्वविद्यालयमा तन्त्रका प्राध्यापक डा स्थानेश्वर तिमल्सिनाले अरू देशका प्राध्यापकले जति निष्ठाले त्यसअनुरुपको शिक्षण प्रणालीको विकास हुने क्रम कम हुँदै जाँदा नेपालमा संस्कृतलगायत समग्र शिक्षाकै स्तर खस्किएकोतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्ने बताउनुभयो ।
संयुक्त राष्ट्र सङ्घका लागि पूर्वस्थायी प्रतिनिधि डा जयराज आचार्यले नेपालमा योग र आयुर्वेद अध्यापनका लागि उपयुक्त केन्द्रको स्थापना हुनुपर्नेमा जोड दिनुभयो । विवेकानन्द सांस्कृतिक संस्थानका निर्देशक प्रा डा केदारनाथ शर्माले संस्कृतको विकासका लागि अध्ययन अनुसन्धान केन्द्रको स्थापना गरिनुपर्ने बताउनुभयो ।
दोस्रो दिनको कार्यक्रममा प्रा डा माधव भट्टराईले ‘नेपाल–भारतको चिन्तन प्रणालीमा संस्कृतको प्रभाव’, प्रा भीमप्रसाद खतिवडाले ‘संस्कृत नाटक लेखन परम्परा’, प्रा डा साम्बराज आचार्यले ‘नेपालको ज्योतिष परम्परा’, आमोदवद्र्धन कौडिन्न्यायनले ‘संस्कृतमा योग र आयुर्वेद परम्परा’ लगायत विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
बिहीबारसम्म चल्ने गोष्ठीमा नेपाल र भारतका गरी ५०० भन्दा बढी विद्वान्को सहभागिता छ । कार्यक्रममा उठेका विषयवस्तुलाई समाहित गरी घोषणापत्र जारी गरिने जनाइएको छ । कार्यक्रममा वासुदेवकृष्ण शास्त्रीले फागु पूर्णिमाको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण