काठमाडौ। एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको विपक्षी मोर्चाले आह्वान गरेको बन्दले राजधानीसहित देशभरको जनजीवन प्रभावित भएको छ। मंगलबार विहानैदेखि बन्दकर्ताहरु राजधानीको मुख्य चोकमा बसेर सवारी साधन चल्न दिएका छैनन्। राजधानीका मुख्य सडक र चोकका पसलहरु खुलेका छैनन्।
बन्दको क्रममा विभिन्न स्थानमा झपड भएको समाचारहरु आएका छन्। सुदुरपश्चिमको डडेलधुरा बजारमा स्थानीय बासिन्दाले बन्दकर्तामाथि आक्रमण गरेका छन्। त्यसक्रममा ६ जना माओवादी कार्यकर्ता घाइते भएका छन्। पर्वत सदरमुकाम कुस्मामा युवा संघले बन्दको विरुद्ध निकालेको मोटरसाइकल र्यालीमा बन्दकर्ताले आक्रमण गर्दा एक जना घाइते भएका छन्।
राजधानीमा केही सवारी साधनमा तोडफोड र आगजनी समेत भएको छ। बन्दकर्ताहरुले ७२०२२३ नम्बरको निलो नम्बर प्लेट भएको कुटनीतिक नियोगको गाडीमा समेत तोडफोड गरेका छन्। माइतीघर मण्डलमा पनि बन्द विरोध गर्नेहरुमाथि बन्दकर्ताहरुले आक्रमण गरेका छन्। सभाषद चित्रबहादुर केसी चढेको गाडीमाथि बबरमहलमा आक्रमण भएको छ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]