काठमाडौँ, १ चैत – दोहोरो नागरिकता लिनेलाई तीनदेखि पाँच वर्षसम्म कैद र रु एकदेखि तीन लाखसम्म जरिवाना गर्ने गरी नागरिकता विधेयकमा सहमति जुटेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा भइरहेको दफावार छलफलमा यस्तो सहमति जुटेको हो । विधेयकका दफा ५, ६ र ७ बाहेक सबै बुँदामा सहमति जुटेको सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा सांसदहरु रेखा शर्मा, दिलेन्द्रप्रसाद बडु, जनार्दन शर्मा, यशोदा सुवेदी, झपट रावल, डा डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, मीना पाण्डे, वृजेशकुमार गुप्ता, अमरेशकुमार सिंहलगायतले नागरिकतामा गलत तथ्य पेश गरी नागरिकता लिन सिफारिस गर्ने आमा बाबु दुवैलाई कडा कारवाहीको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
गृहसचिव प्रेमकुमार राईले धर्म पुत्रपुत्री विदेश पठाउने व्यवस्था भएका बेला बाहिरबाट पैसा नआएपछि बाबु आमाले मेरो छोरा छोरी बाल गृहले थाहा नदिई विदेश पठायो भनेको जस्तो विकृति नआउने गरी नागरिकता विधेयकमा स्वघोषणाको व्यवस्था गरिएको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]