काठमाडौँ, २९ फागुन – जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको छ ।
विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सङ्ख्या र चाप थपिँदै गएकाले रिफ्युलरको सङ्ख्या थप्न खरीद कार्य अघि बढेको निगमले जनाएको छ । रिफ्युलर नहुँदा जहाजले इन्धन भर्न झण्डै एक घण्टासम्म पालो कुर्नुपर्ने अवस्था छ । रिफ्युलर भनेको हवाई इन्धनलाई प्युरिफाइड गरी जहाजमा इन्धन भर्न प्रयोग गर्ने सवारी साधन हो ।
निगमको इञ्जिनीयरिङ विभाग प्रमुख राजीवराज शर्माले देशभरकै विमानस्थलमा जहाजमा इन्धन भर्ने रिफ्युलरको अभाव रहेकाले थप्नका लागि आवश्यक प्रक्रिया थालेको बताउनुभयो । पहिलो चरणमा २७ किलोलिटर क्षमताका चार वटा रिफ्युलर खरीद गर्न बोलपत्र आह्वान भइसकेको र प्रक्रिया पूरा गरेर नेपाल ल्याउन झण्डै १० महीना लाग्ने जनाइएको छ । विसं २०६९ देखि नयाँ रिफ्युलर नेपालमा आएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जीर्ण अवस्थाका आठ वटा रिफ्युलर छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा