धनुषा, २० फागुन – वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुरयाएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताउनुभयो । यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिएपनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन ।
उहाँले भन्नुभयो, “अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ ।” उहाँले रेलले एक घण्टाको समयमा जयनगर–कुर्थाको दूरी पार गर्ने बताउनुभयो । पाँच सय यात्रु बोक्ने रेलले दैनिक सो स्थानमा सेवा दिने मिश्रले बताउनुभयो ।
‘राजपाको महाधिवेशन छिट्टै गराइने’
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले छिट्टै पार्टी महाधिवेशन गराउने पक्षमा आफू रहेकाले महाधिवेशन नचाहनेले आफु विरुद्ध षडयन्त्र गरी बदनाम गराउने प्रयास गरेको आरोप लगाउनुभएको छ ।
उहाँका पूर्वस्वकीय सचिव रवीन्द्रकुमार चौधरी(राजेश)ले तलब नदिएको बहानामा विभिन्न आरोप लगाएपछि महतोले त्यसको खण्डन गर्दै महाधिवेशन नचाहनेको षडयन्त्र भएको बताउनुभयो । प्रेस मञ्च नेपालले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “म विरूद्ध भई रहेको षडयन्त्रलाई हेर्दा मलाई कुनै आश्चर्य लागेको छैन, अहिले म आफ्नो सम्पूर्ण ध्यान र ऊर्जा तोकेकै समयमा पार्टीको महाधिवेशन गराउन लगाएको हुनाले अरू सानो तिनो कुरामा आरोप प्रत्यारोप लगाएकामा मेरो कुनै चासो छैन ।”
राजपामा बढ्दो सक्रियता र जनप्रभावले आत्तिएर पार्टीभित्र तथा बाहिरका केही शक्तिहरू आफू विरूद्ध लागेको बताउँदै महतोले महाधिवेशनसम्म यस्तो स–साना कुरामा आफू न अल्झिने प्रतिक्रिया दिनुभयो । महतोका स्वकीय सचिव भएर कार्य गर्नुभएका चौधरीले आफ्नो फेसबुकमार्फत तलब नदिएको, झूठो हस्ताक्षर गरेर तलबको रकम हिनामिना गरेको जस्ता आरोप लगाउनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त