लण्डन। बेलायतस्थित नेपाली महिलाहरुले नेपालमा बन्दी जीवन बिताइरहेका बाबुआमाका बेसहारा बालबालिकालाई सहयोग जुटाएका छन्।
यहांस्थित नेपाली महिलाहरुको संगठन नेप्लिज वुमन एशोसिएसन यूकेले ति वालवालिकाको सहयोगार्थ आइतबार सांझ लण्डनस्थित नेपाली दूतावासमा एक च्यारिटी डिनर कार्यक्रम गरि करिब अढाई लाख रुपैयां जुटाएको हो। संकलित रकम प्रिजनर्स असिस्टेन्स नेपाल नामक संस्थामार्फत प्रदान गरिने छ।
च्यारिटी डिनर कार्यक्रममा एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले नेपाल भ्रमणका क्रममा आफूले बन्दी आमाबाबुका बालबालिकाको दयनीय अवस्था देखेपछि सहयोगको सोच बनाइएको बताइन्। कार्यक्रममाविशेष अतिथी इलिंग तथा साउथहल क्षेत्रका सांसद वीरेन्द्र शर्मा र प्रमुख अतिथी कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले संस्थाको पवित्र कामको प्रशंसा गरे।
त्यसक्रममा चेल्सी तथा केन्सिंगटन र इलिंग क्षेत्रका मेयरहरुसहित बेलायती अतिथी समेत सहभागी थिए।
कार्यक्रममा देखाइएको असहाय बालबालिकाबारेको वृत्तचित्रले उपस्थित धेरैलाई भावुक बनायो। वृत्तचित्र डा रजनी रिजालले प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमको सुरुमा एसोसिएसनकी कोषाध्यक्ष समेत रहेकी गायिका सितु खरेलले स्वागत गीत गाएकी थिइन् भने महासचिव प्रसुना कंडेलले मौलिक नेपाली नृत्य एवं धन्यवाद ज्ञापन गरिन्।
सदस्य लक्ष्मी राईले सञ्चालन गरेको कार्यक्रममा गायक योगेश्वर अमात्यले एकलाख रुपैंया दिने घोषणा गरेका थिए।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य