लन्डन । बेलायतको नेपाली समुदायमा लोकप्रिय व्यवसायी, समाजसेवी तथा म्यूजिक भिडियो निर्देशक डा. कपिल रिजालले भ्यालेन्टाइन डे अर्थात १४ फेब्रुअरीका दिन दर्शक श्रोतालाई एक सांगीतिक उपहार दिएका छन् ।
बेलायतको सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लब (स्ट्रेन्जेज ग्यालरी) का अध्यक्ष डा. रिजाल निर्देशित म्यूजिक भिडियो ‘सुस्तरी…’ बिहीबार सार्वजनिक भएको हो । रोमान्टिक मेलोडी गीत ‘सुस्तरी’ लोकप्रिय गायिका अन्जु पन्त तथा लन्डन बस्ने उदयीमान गायक अनिश पाण्डेले गाएका हुन् । गीत रचना र कम्पोज भानु भट्टराईको छ ।
बेलायतका विभिन्न लोकेशनमा खिचिएको उक्त म्यूजिक भिडियोमा लियो ट्यांक (टंक धमला) र अब्बी रानाले अभिनय गरेका छन् । क्यामेरा जिम्मेवारी सुमन श्रेष्ठ र सह निर्देशन सुरेशराज पाठकको छ ।
गत वर्ष उनले गायक गायिका शर्मिला बर्देवा र सपनकुमार राईले गाएको गीत ‘मेरो मनमा…’ को म्यूजिक भिडियो समेत निर्देशन गरेका थिए । उक्त भिडियो सम्पादन र छायांकन मिडियाकर्मी कुशल श्रेष्ठले गरेका थिए भने अभिनय अन्जु बस्नेत र टंक धमलाको थियो ।
सफल दन्त व्यवसायी डा. रिजालले यसअघि पनि नेपाल तथा बेलायतमा कयौं म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । उनी छिट्टै फिचर फिल्म निर्देशन गर्ने तयारीमा समेत छन् । डा. रिजालको समेत लगानी रहेको ‘ड्रिम्स’ सफल चलचित्र मानिन्छ ।
नेपालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका सुपुत्र डा. कपिल रिजालले भूकम्प लगत्तै करिब तीन दर्जन चिकित्सक र नर्स लिएर नेपालमा स्वास्थ्य शिविर र राहत, उद्दार तथा पुनर्निर्माणमा उल्लेख्य काम गरेका थिए ।
म्यूजिक भिडियो हेर्नुहोस्-
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला