
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको उपस्थितिमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ मा आइतबार आयोजित कार्यक्रममा धम्पुस र बेलायतको ब्रेकनबीच मितेरी सम्बन्धमा हस्ताक्षर गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ र ब्रेकनका मेयर काउन्सिलर म्यान्नी ट्रेलर । तस्वीर – कृष्ण दवाडी, कास्की, रासस
कास्की, २७ माघ – कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । दुई शहरका बीचमा संस्कृति आदानप्रदान तथा सामाजिक र आर्थिक विकासमा भगिनी सम्बन्धले सहयोग पुग्ने विश्वास गरिएको छ ।
पर्यटकीय गाउँ धम्पुस र ब्रेकन शहरकाबीच भगिनी सम्बन्ध पत्रमा आज यहाँ हस्ताक्षर गरी आदानप्रदान गरिएको छ । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, वडाध्यक्ष समबहादुर गुरुङ तथा ब्रेकनका प्रमुख काउन्सिलर म्यान्नी ट्रेलर र उपप्रमुख टाउन क्लार्क फियोना विलियम्सले भगिनी सम्बन्ध पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले माछापुच्छ्रेका अध्यक्ष, वडाध्यक्ष तथा ब्रेकन सिटीका प्रमुख, उपप्रमुखलाई शपथ गराउँदै धम्पुस, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन प्रवर्धनमा भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
ब्रेकनका प्रमुख ट्रेलरले पहिलो पटक नेपालमा आएर पर्यटकीय गाउँसँग सम्बन्ध गाँस्न पाउँदा खुशी लागेको बताउँदै नेपाल र बेलायतबीचको विगतदेखिको ऐतिहासिक सम्बन्ध थप प्रगाढ हुने भनाइ राख्नुभयो । गाउँपालिका अध्यक्ष गुरुङले यस सम्बन्धबाट पारस्परिक हित र गाउँपालिकाको सामाजिक विकासमा मद्दत पुग्ने बताउनुभयो ।
मितेरी सम्बन्ध स्थापनाका लागि संयोजन गर्नुभएका गोर्खा मेजर खुशीमान गुरुङले करीब डेढ वर्षको मिहिनेत र प्रयासपछि दुई शहरबीच मितेरी सम्बन्ध गाँसिएको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता