लन्डन । नेपाली चलचित्र छायांकनका लागि अचेल लन्डन उत्कृष्ट रोजाइ बन्दै गएको छ । यो पंक्तिमा जोडिएको छ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ ।
उक्त चलचित्रको छायांकन लन्डनबाट भएको हो । छायांकन अगाडि कलाकार र निर्माण समूहले क्यामेरा पूजा गरेका थिए ।
नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनले पहिलो सर्ट दिएका थिए । चलचित्रमा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
निर्देशक सुदर्शन थापाले लण्डन, स्कटल्याण्ड र वेल्स्मा चलचित्रको छायांकन हुने जानकारी दिएका छन् । एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ ।
करिब ५० दिनको छायांकन सेड्यूलका साथ यसका कलाकार र निर्माण समूह केही दिन अघि मात्र लण्डन आइपुगेको थियो ।
अमित बस्नेतको लगानी रहेको चलचित्रमा कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । परि राना र अजितकुमार थापाको सह–निर्माण छ ।
अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा महेश दवाडीको कथा छ ।
त्रिकोणात्मक प्रेमकथामा चलचित्र तयार बन्ने निर्माण पक्षले जनाएको छ ।
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ