
लन्डन । नेपाली बसोवास उल्लेख्य रहेको बेलायतको अल्डरसटमा शिव मन्दिर बन्ने भएको छ । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको नेतृत्वमा नेपाली डायस्पोरा र विदेशी शुभचिन्तकहरुबाट मन्दिर निर्माणार्थ करिब ४ करोड ३५ लाख रुपैयां जुटाइएको हो ।
सेन्टरले अल्डरसट क्वीन्स रोडमा अवस्थित पुरानो चर्च भवन ३ लाख एक हजार एक सय ९० पाउण्डमा खरिद गरि शुक्रबार प्रोपर्टीको सांचो लिएको छ । अब सेन्टरका प्रोपर्टी कोअर्डिनेटर हर्क गुरुङको संयोजनमा २ हजार ६६२ स्क्वायर फिट क्षेत्रफलको उक्त भवन रिफर्बिस (मर्मत) गरि तीन महिनाभित्र शिव मन्दिर र सामुदायिक क्रियाकलापका लागि हल प्रयोगमा ल्याइनेछ ।
मन्दिरमा चतुर्मुखी शिवलिंग, पाञ्चायन, घण्टा, नन्दी लगायत स्थापना गरि मन्दिर प्रतिस्थापन गरिने सेन्टरका अध्यक्ष रोहित गुरुङले जानकारी दिए । करिब दुई सय जनासम्म अट्ने उक्त भवनमा नियमित पूजाआजाबाहेक शिवरात्री, दशैंतिहार, एकादशी, सरस्वती पूजा, बुद्ध पूर्णिमा, विश्वकर्मा पूजा, होली जस्ता पर्व र बिहे ब्रतवन्ध, योगा देखि आध्यात्मिक प्रवचनसम्म गरिने सेन्टरले जनाएको छ ।
‘मन्दिर बनाउन हाम्रो अभियानलाई साथ दिने समस्त नेपाली समुदायप्रति हामी कृतज्ञ छौं’, अध्यक्ष गुरुङले भने ।
मन्दिर तथा सामुदायिक भवन खरिदका लागि करिब ३ सय ६० जना मनकारी दाताले चन्दा दिएका थिए । सेन्टरको खातामा ३ लाख २९ हजार पाउण्ड आइसकेको छ भने प्रतिवद्धता रकम करिब २० हजार पाउण्ड उठ्न बांकी छ ।
व्यक्तिगत रुपमा सबैभन्दा बढि करिब २१ लाख रुपैयां चन्दा दिएका व्यवसायी रबिजंग लामिछानेले मन्दिर निर्माणले नेपाली समुदायलाई एकै ठाउंमा ल्याएको बताए । ‘मन्दिर बनाउन हरेक जात जाती, धर्म, वर्ग र समुदाय एकजुट भएर चन्दा दिए । यसले बेलायतको नेपाली समाजमा एकताको सन्देश प्रवाह गरेको छ’, लामिछानेले भने । नेपाल धुम्बाराहीमा करिब २ करोड रुपैयांको लागतमा श्री चन्द्रेश्वर महादेव मन्दिर बनाइदिएका लामिछानेले नै यहां मन्दिरमा राख्न मुर्ति लगायत अन्य सामाग्रीको खर्च बेहोर्ने भएका छन् ।
सेन्टरले विगत तीन वर्षदेखि अल्डरसटकै एम्पायर हलको माथिल्लो फ्ल्याट भाडामा लिइ मन्दिर स्थापना गरेर विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला