
गृहमन्त्री रामबहादुर थापा ’बादल’सँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । तस्वीर- किरण भट्टराई, रासस
काठमाडौं, १६ माघ – गृहमन्त्री रामबहादुर थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोरयाउनुभएको छ ।
गृहमन्त्री थापासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ याङ्छीले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा गृहमन्त्री थापाले राजदूत याङ्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उहाँको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपालका सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै गृहमन्त्री थापाले आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरेका गर्नुभएको थियो ।
भेटमा राजदूत याङ्छीले नेपालले चीन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता