
गृहमन्त्री रामबहादुर थापा ’बादल’सँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । तस्वीर- किरण भट्टराई, रासस
काठमाडौं, १६ माघ – गृहमन्त्री रामबहादुर थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोरयाउनुभएको छ ।
गृहमन्त्री थापासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ याङ्छीले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा गृहमन्त्री थापाले राजदूत याङ्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उहाँको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपालका सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै गृहमन्त्री थापाले आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरेका गर्नुभएको थियो ।
भेटमा राजदूत याङ्छीले नेपालले चीन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक