काठमान्डौ, १३ माघ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र सदनका कामकारवाहीलाई लिएर विरोध प्रदर्शन गर्ने जनाएको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरीत मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको आरोप लगाउँदै उक्त घटनाको विरोध गर्ने निर्णय गरेको छ ।
विरोध प्रदर्शन संसद्मा भएको घटना, डा गोविन्द केसीको अनशनप्रति व्यवहार, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका स्वास्थ्य केन्द्र हटाउने काम भएको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिनासंवैधानिक परिषद्को बैठक बसी निर्णय गरेको विषयमा केन्द्रित रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता अपराध नियन्त्रण गर्न सरोकारवाला पक्ष असफल देखिएको, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ महीना पुगिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नु, बढ्दो महँगी, भ्रष्टाचार एवं जिल्लास्तरमा रहेका स्थानीय मुद्दाहरूमा यही माघ २१ गते देशभर प्रदर्शन केन्द्रित गरिने पार्टीको निर्णयमा उल्लेख छ ।
सभापति देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, प्रवक्ता विश्वप्रकाश शर्मा र सरिता प्रसाईंले आफ्नो धारणा राख्नुभएको थियो ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक सोमबार अपराह्न १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता