लण्डन । पछिल्लो समय नेपाली चलचित्रले विश्व बजारमा फड्को मारेसँगै विश्वका विभिन्न देशमा रहेका नेपाली फिल्म मेकरहरुले पनि नेपाली चलचित्र निर्माणमा तिव्रता ल्याएका छन् ।अष्ट्रेलिया, बेलायत, अमेरिका जस्ता विकसित देशहरुबाट नेपाली फिल्महरु निर्माण भइरहेका छन् ।
साथै नेपालकै फिल्म मेकरहरुको पहिलो रोजाइमा पनि छायांकनको लागि यी देशहरु पर्ने गर्छन् । अष्ट्रेलियाबाट “ऋतु”, अमेरिकाबाट “राघव”, युरोपबाट “नमस्ते नेपाल” लगायत चलचित्रहरु निर्माण भइसकेको छ । यसै भिडमा बेलायतबाट निर्मित अर्को एक नेपाली चलचित्र थपिएको छ “एटीन” । निर्माण पक्षले शनिबार लण्डनमा एक कार्यक्रम गरी चलचित्रको अफिसियल ट्रेलर र पोष्टर सार्वजनिक गरेको छ ।
प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको चलचित्रलाई बेलायतमा स्थापित चलचित्रकर्मी प्रेम लामाले निर्देशन गरेका हुन् । लामाले यस अघि बेलायतबाटै तीन चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन् ।
सम्पूर्ण छायांकन बेलायतमै गरिएको उक्त चलचित्रमा नेपालबाट बेलायत आएर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी यतै हुर्किएको दोस्रो पुस्ता बीच ‘जेनेरेशन ग्याप’, मनोबिज्ञान र त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाउन खोजिएको निर्देशक लामाले बताए ।
तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र “एटीन” मा प्रसुना कंडेल, राजदिप राई, अम्बिका राई, सनम कुमार बैराग, रितेश चाम्स लगायत नेपाली समुदाय बाहिरका क्रिश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय छ ।
त्यस्तै संगीत चन्द्र कुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे एल.एक्स. पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ र अरोण अशोक कुमारको छ ।
चलचित्र फेब्रुवरी २४ मा ह्यारोस्थित सफारी सिनेमा घरमा सम्पूर्ण कलाकारसहित भव्य प्रिमियर गरिने निर्माण पक्षले बताएको छ ।
तस्विर- युद्द पुन
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न