लण्डन । बेलायतको ह्याम्पशायर कन्स्टाबुलरीका प्रहरीले गत११ डिसेम्बरका दिन अल्डरसटमा सडक दुर्घटनामा ज्यान गुमाउने महिला हरिमाया पाइजा भएको जनाएको छ ।
स्थानीय एउटा चर्च बाहिर एउटा यामाहा मोटर साइकलले ठक्कर दिदा सख्त घाइते भएकी ४७ वर्षीया पाइजाको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो ।
मोटर साइकल चालक ३६ वर्षीय पुरुष पनि सो घटनामा घाइते भएको प्रहरीले जनाएको छ । सो घटनाबारे कुनै जानकारी भए आफूहरुलाई फोन गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
बेलायतमा भूतपूर्व गोर्खा वृद्धवृद्धाहरुको सडक दुर्घटनामा घाइते हुने वा ज्यान नै जाने जस्ता घटनाहरु बढ्दै गएको भनि अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]