लण्डन- बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले निर्णय नलिएमा देशले ‘राजनीतिक सुनामी’ को सामना गर्नुपर्ने अवस्था आउने बेलायती व्यापार मन्त्रीले आइतबार बताएका छन् ।
अन्तराष्ट्रिय व्यापार मन्त्री लियाम फक्सले टेलिग्राफ दैनिकमा लेखेका छन्, ‘ब्रेक्जिट प्रक्रिया अवरुद्ध हुनुले संसद र जनताबीचको दूरीलाई बढाइदिनेछ, जुन हाम्रो मुलुकको राजनीतिक प्रणालीमा विभाजनको कारक बन्नसक्छ र यसबाट अनपेक्षित नतिजाको सामना गर्नुपर्ने हुन्छ ।’
प्रधानमन्त्री टेरेजा मेले इयूसँग बेलायत बहिर्गमनबारे गरेको सम्झौता बेलायती संसदले अस्वीकार गरेपछि ब्रेक्जिट प्रक्रिया अवरूद्ध बनेको छ । केही सांसदहरूले राजनीतिक नेतृत्वमा सहमति नजुट्दासम्म मार्च २९ का लागि तय भएको बहिर्गमन प्रक्रियालाई ढिलो गर्न सुझाब दिएका छन् ।
यद्यपि प्रधानमन्त्री मेले आफ्नो अघिल्लो प्रस्ताव विफल भएपछि सोमबार संसदमा नयाँ योजनासाथ आउने बताइएको छ । विश्लेषकहरूले प्रधानमन्त्रीबाट व्यापक परिवर्तनसहितको नयाँ योजना आउने सम्भावना रहेको बताएका छन् ।
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]