काठमाडौँ, ३ माघ – विवेकशील साझा पार्टीले देशभित्रको अर्बौंको ‘कालो धन’ लाई ‘ट्याक्स हेभेन’ भनेर चिनिएका देशमा अवैध तवरबाट जम्मा गरी वैदेशिक लगानीका रुपमा ‘सेतो धन’ बनाएर पुनःनेपाल भित्र्याउने र कानूनविपरीत विदेशमा लगानी गर्नेबारेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आज विज्ञप्तिमार्फत यस्तो गैरकानूनी धन्दाको यथाशीघ्र विश्वसनीय र निष्पक्ष छानविन गरी कानूनी कारवाहीको प्रक्रिया शुरु गर्न सरकारसँग माग गर्नुभएको छ ।
मुलुककै अर्थतन्त्र तहसनहस पार्न सक्ने यो धन्दाको विरोध र सरकारलाई निरन्तर खबरदारी गर्नका लागि सबै राजनीतिक दल र नागरिक समाजलाई विवेकशील साझा पार्टीले आह्वानसमेत गरेको छ ।
यस्ता कार्यले समग्र अर्थतन्त्रलाई नै धरासायी बनाउने डरलाग्दो अवस्था सिर्जना भएको उल्लेख गर्दै सो पार्टीले विश्व आर्थिक तथा वित्तीय प्रणालीमा नेपालको छवि रसातलमा पुग्ने जोखिम बढेको भन्दै सो पार्टीले चिन्ता व्यक्त गरेको छ ।
स्वीस बैंकमा आइएमई समूहको खाता नभएको स्पष्टोक्ति
आइएमई समूहले स्वीस बैंकमा आफ्नो समूहको नाममा कुनै खाता नभएको स्पष्ट पारेको छ । समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि ‘ट्याक्स हेभन’ देशमा कम्पनी दर्ता नरहेको र आफ्नो समूहले प्रवद्र्धधन गरेका कुनै पनि कम्पनीमा अन्य मुलुकबाट लगानी नआएको जनाएको छ ।
गैरकानूनी रुपमा एक रुपैयाँ पनि विदेश नलगेको र विदेशबाट लगानी नभित्रयाएको अध्यक्ष ढकालले बताउनुभयो । कानुनले दिएको अधिकार प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर भ्रम सिर्जना गरिएको उहाँको दावी थियो । अध्यक्ष ढकालले नेपाल सरकार, नेपाल राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा शुरु भएको आइएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिब रु १४ खर्ब रुपैयाँ विप्रेषण भित्र्यएको जानकारी दिनुभयो ।
अध्यक्ष ढकालले आफ्ना भाई हेमराज ढकाल गैरआवासीय नेपाली भएकाले उनको नाममा बेलायतमा एक कम्पनी दर्ता गरिएको उल्लेख गर्दै गैरआवासीय नेपालीको हैसियतमा नेपाली भएको देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपाल भित्रिने विप्रेषणमा टेवा पुरयाएको उहाँको भनाइ थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता