लन्डन । धेरैले अनुमान गरेजस्तै ब्रिटिश संसदमा मंगलबार बेलुका भएको मतदानमा प्रधानमन्त्री टेरेजा मेले प्रस्तुत गरेको विधेयक बहुमतले अस्वीकृत भएको छ ।
मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा २०२ मत परेको थियो भने विपक्षमा ४३२ मत परयो । सत्तारुढ कन्जर्भेटिभ पार्टीकै सांसदहरुले पनि सो प्रस्तावको विपक्षमा मत हालेका थिए ।
तत्कालै विपक्षी लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ ।
आउंदो मार्च २९ तारिखमा ब्रिटेन युरोपेली संघबाट बाहिरिने संबन्धी फ्रेमवर्क सम्झौता गत महिना नै संसदमा मतदानकालागि प्रस्तुत गर्नुपर्ने थियो, तर आफ्नो प्रस्तावको पक्षमा बहुमत नपुग्ने देखेपछि प्रधानमन्त्रीले सो मतदानलाई पर सार्ने निधो गरेकी थिइन् ।
यसबाट ब्रिटेनको राजनीति अरु अनिश्चित बन्न पुगेको छ । बुधबार हुने अविश्वास प्रस्ताव पारित हुन विपक्षसंग पर्याप्त सदस्य संख्या छैन् तर सत्तारुढ दलकै सांसदहरुले प्रधानमन्त्री विरुद्ध मत दिन सक्ने अपेक्षा विपक्षीहरुले गरेको ठानिएको छ ।
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द