
काठमाडौँमा आइतबार आयोजित देशभक्त गणतान्त्रिक सम्मान-२०७५ तथा बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य सेतो फरिया पुस्तक विमोचन कार्यक्रममा क्याप्टेन विजय लामालाई सम्मानपत्र प्रदान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २९ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणका माध्यमबाट १० वर्षमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिइएको बताउनुभएको छ ।
नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आज यहाँ आयोजना गरेको सम्मान एवं बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ विमोचन समारोहमा उहाँले परिणाममुखी परिवर्तनको बाटोमा अघि बढाउन नसके देश फेरि अराजकताको भुमरीमा फस्ने बताउनुभयो । “साहित्यिक र सांस्कृतिक दृष्टिले भावनात्मक रुपमा राजनीतिक रुपान्तरण नगरेसम्म परिवर्तन स्थायी हुन सक्दैन, देश इतिहासकै राम्रो अवसरमा पुगेकाले विकास र समृद्धि नै सबैको लक्ष्य हुनुपर्छ,” उहाँले भन्नुभयो ।
आफू समृद्धिको यात्रामा समर्पित भएर देशप्रतिको ऋण चुक्ता गर्ने अध्यक्ष दाहालले बताउनुभयो । साइनबोर्ड कसले के राख्यो भन्दा पनि जनतालाई कसले के दियो भन्ने महत्वपूर्ण हुने उहाँको भनाइ थियो । खण्डकाव्यको समीक्षा गर्दै डा रामप्रसाद ज्ञवालीले नारी हकहित र चेतनाको विषय उठाउन पुस्तक सफल रहेको बताउनुभयो । कृतिका माध्यमबाट कवयित्रीले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक रुपान्तरण जरुरी रहेको सन्देश दिनुभएको उहाँले जानकारी दिनुभयो ।
लेखिका बस्नेतले फरियामा सीमित गरेर महिलाको क्षमता दबाइएको विषय आफूले साहित्यमार्फत उठाएको सुनाउनुभयो । राम्रा कृतिको अनुवाद गरी विश्व साहित्यमा दर्ज गराउन राज्यले सहयोग गर्नुपर्ने उहाँले माग गर्नुभयो । कार्यक्रममा राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा योगदान पुरयाएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल, गायक जीवन शर्मा, पत्रकारहरु ओम शर्मा, गोविन्द पोखरेल र ऋषि धमला, सफाइ अभियानकर्मी माला खरेल, क्याप्टेन विजय लामा, साहित्यकार हरिहर खनाल, खेलाडी दमन बस्नेत, चलचित्रकर्मी दयाहाङ राई, कलाकार नारदमणि हार्तम्छालीलगायतलाई सम्मान गरिएको थियो ।
दुई खण्डमा विभाजित पुस्तकमा ११६ पृष्ठ छ । पाल्पा बुक्सले प्रकाशन गरेको खण्डकाव्यको मूल्य रु २०० छ । साहित्यकार बस्नेतको यो १६औँ कृति हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय