
लण्डन- सम्झौताविना इयूबाट हुने बहिर्गमन ‘व्यवस्थापन गर्न नसकिने’ बेलायतको मुख्य व्यवसायिक प्रचार समूहका प्रमुखले बताएका छन् । ‘कन्फेडेरेसन अफ ब्रिटिस इन्डष्ट्री’ का प्रमुख कारोलिन फियरवायर्नले शुक्रबार भने, ‘यसबाट मुलुकले राम्रो, बृहत् तथा स्थायी आर्थिक परिणामको अपेक्षा गर्न सकिँदैन र ‘यो पक्कैपनि वान्छनीय नहुने’ देखिन्छ ।’
फियरवायर्नले सरकारलाई तत्काल योजना बनाएर सम्झौताविना ब्रेक्जिट हुने अवस्थाबाट जोगाउन आगामी मङ्गलबार संसदमा हुने मतदानमा ब्रसेल्ससँग भएको सहमतिको पक्षमा वातावरण बनाउन आग्रह गरे । ‘गल्ती नगरौँ । सम्झौताविहिन ब्रेक्जिट व्यवस्थापन गर्न सकिदैन’- दक्षिणपश्चिमी इङ्गल्याण्डको ब्रिस्टोलमा जम्मा भएका उद्योगीहरूसँग उनको आग्रह थियो । ‘संयुक्त अधिराज्यको अर्थतन्त्रमा आठ प्रतिशतको सङ्कुचन आउनसक्ने र यसबाट मुलुकको सार्वजनिक सेवामा लगानीका लागि बजेट अपुग हुनेछ’- उनले भने ।
‘व्यापारले नयां मूल्य र करको सामना गर्नुपर्नेछ । हाम्रा बन्दरगाह अवरूद्ध हुनेछन् र यसबाट बेलायती फर्म तथा कम्पनीहरूले आफ्ना उपभोक्तालाई आपूर्तिका लागि चाहिने क्षेत्रबाट छुट्टाइने छन् । जापान, दक्षिण कोरिया र टर्कीजस्ता मुलुकसँगको व्यापार सम्झौता गुम्नेछन्’- उनले थपे ।
सरकार र वेलायती सांसदहरूले ब्रेक्जिट सम्झौताबारे बेलायती प्रधानमन्त्री टेरेजा मे ले यूरोपेली यूनियन (इयू) सँग केही समय पहिले गरेको सहमति बेलायतको पक्षमा नरहेको भन्दै बेलायती संसदमा विवाद रहेको र सम्झौतापूर्व संसदले उक्त विवादास्पद बिषयलाई अनुमोदन गर्नुपर्ने अवस्था छ ।
यसै बिषयलाई लिएर इयूसँग सम्झौताविहिन अवस्थामा दुर्घटना हुनबाट बेलायत जोगिनेमा बिहीबार जापानी प्रधानमन्त्री सिन्जो आवेले विश्वास व्यक्त गरेका थिए । यसलाई ब्रेक्जिटको पक्षमा जापानको समर्थनका रूपमा व्याख्या गरिएको छ ।
आवेले आफ्नो लण्डन भ्रमणमा बेलायतले ब्रसेल्ससँग बहिर्गमनका लागि गरेको सहमति मस्यौदा जापानी व्यवसायीका लागि ‘व्यापक स्वागतयोग्य’ भएको भनी मुक्तकण्ठले प्रसंशा गरेका थिए ।
तर, बेलायती सांसदहरूले सहमति मसौदामा व्यापक विरोध जनाएका छन्, जसका कारण विपक्षमा पनि व्यापक मतदान हुने सम्भावना देखिएको छ । खासगरी आयरल्याण्डको सीमानामा भविष्यमा गरिने व्यवस्थालाई लिएर बेलायती सांसदहरूमा व्यापक असन्तुष्टि छ ।
यदि संसदले सहमति अनुमोदन नगरेमा सम्झौताविहीन अवस्थामा बहिर्गमन हुनबाट जोगाउन सरकारले विकल्प सोच्नुपर्ने फियरवायर्नले बताए ।
बेलायत यही वर्षको मार्च अन्त्यदेखि इयूबाट बाहिरिने गरी कार्यक्रम तय भएको छ ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण