काठमाडौँ, २६ पुस – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीनकालदेखि स्वतन्त्र राष्ट्रका रूपमा विश्वमानचित्रमा अङ्कित रहेको बताउँदै पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पुरयाएको बताउनुभएको छ ।
पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनुभएको सन्देशमा उहाँले यो देश एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न सकिने थिएन र स्वतन्त्र राष्ट्रका रूपमा उठ्न र स्वतन्त्र राष्ट्रकै रूपमा रहन पनि सम्भव थिएन भन्नुभएको छ ।
नेपाल एकीकरण अभियानका सूत्रधार र नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रपतिले सन्देशमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै राष्ट्रलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन महत्वपूर्ण उपायहरू सुझाउनु भएको स्मरण गर्नुभएको छ ।
नेपाल सबै जातको फूलबारीका रूपमा रहेको आत्मसात् गर्दै हाम्रो समाज सांस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा उहाँबाट उसैबेला व्यक्त भएको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति भण्डारीले अर्थतन्त्र सुदृढीकरणका लागि सुशासन अपरिहार्य रहेको मनन गर्दै घूस दिने र लिने दुबै देशका शत्रु हुन् भन्ने धारणा राख्नुभएको बताउनुभएको छ ।
देशको भूराजनीतिक अवस्थालाई प्रतिबिम्बित गर्न यो राज्य दुई ढुङ्गाबीचको तरुल हो भनेर औँल्याउनुभएको चर्चा गर्दै उहाँले जनचाहना बुझ्न सिपालु, जनइच्छालाई सर्वोपरि ठान्ने पृथ्वीनारायण शाहका ती जीवन्त दृष्टिकोणहरू मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को सामयिक सङ्कल्प पूरा गर्न प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक