लण्डन । बेलायतको एक स्थानीय अदालतले ब्रिटेनको रेडिङ शहरमा बसोबास गर्ने एक नेपालीलाई एक युवालाई बलात्कार गरेकोमा दोषी ठहराएको छ ।
रेडिङ क्रोनिकल नामक समाचारपत्रका अनुसार रेडिङ क्राउन कोर्टले गत वर्ष जुन महिनामा देउकुमार लिम्बुले ‘लर्निङ डिज्एबिलिटी’ भएका २२ वर्षीय ती युवकमाथि यौन हिंसा गरेको ठहर गरेको छ ।
ती युवाको परिचय भने खुलाइएको छैन ।
प्रहरीका अनुसार ६ जुन २०१८ का दिन एकाबिहानै ती युवकले लिम्बुसंग आफ्नो घरजाने बाटो सोधेका थिए । राती आफ्ना साथीहरुसंग रमाइलो गरेपछि बिहानै घर जानलाग्दा आफूसंग फोन वा पैसा पनि नभएको उनले बताएका थिए ।
ती युवकको परिस्थितिको फाइदा उठाउँदै लिम्बुले ती युवकलाई घिसार्दै नजीकै बेर्सफोर्ड रोड प्लेग्राउण्डमा लगेर उनीसंग जबर्जस्ती यौन सम्बन्ध राखेको प्रहरीले जनाएको छ ।
डिष्ट्रिक्ट जज क्याम्पबेलले लिम्बुलाई १३ वर्षको जेल सजाय सुनाएकी छन् । तर, सो जेल सजायको आधा अवधि लिम्बुले आफ्नै समुदायमा बिताउन पाउनेछन् । उनको आचरण राम्रो देखिएमा उनलाई थप तीन वर्ष पनि समुदायमै बस्न दिइनेछ ।
फैसला सुनाउँदै न्यायाधीशले आफ्नो यौनजन्य हिंसाकालागि लिम्बुले पश्चाताप नगरेको बताइन् ।
न्यायाधीशले सार्वजनिक ठाउँमा आफूसंग मद्दत माग्न आएको व्यक्ति विरुद्ध यौन हमला गर्ने लिम्बु एक यौन अपराधी भएको बताइन् ।
सो घटनाको सिसीटिभी फुटेज पनि अदालतमा प्रमाण स्वरुप प्रस्तुत गरिएको थियो ।
प्रहरीसंगको बयानमा लिम्बुले ती युवासंग सहमतिमा आफूले यौन सम्बन्ध राखेको दावी गरेका थिए ।
सो घटनापछि ती युवकले आफूलाई डर लाग्ने, घटनाको झझल्को आइरहने र राम्रोसंग सुत्न नसक्ने बताएका थिए।
सो घटनाको दुई दिनपछि प्रहरीले लिम्बुलाई पक्राउ गरेका थिए ।
लिम्बुका एक १७ वर्षीय छोरा रहेको तथा उनकी श्रीमती दुई वर्ष अघि हङकङ फर्किएको समाचारमा जनाइएको छ ।
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]