लण्डन । लण्डन निवासी युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले बेलायतको अल्डरसटमा खरिद गर्न लागिएको शिव मन्दिर भवनका लागि १३ हजार २७ पाउन्ड चन्दा दिएका छन्।
यो नै आजसम्मको ठूलो र नगद रकम भएको मन्दिर निर्माणमा जुटिरहेको शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरले जनाएको छ ।
शिवका भक्त लामिछानेले भविष्यमा पनि शिव मुर्ति र आवश्यक परे अझै सहयोग गर्ने वचन दिएको सेन्टर सल्लाहकार भिम बानियाले जानकारी दिए ।
लामिछानेले यसअघि पनि बेलायत र नेपालमा शिक्षा तथा धार्मिक कार्यमा हजारौं पाउण्ड सहयोग गरिसकेका छन् ।
सेन्टरले शिव मन्दिर तथा सामुदायिक केन्द्र स्थापनार्थ भवन खरिदका लागि सहयोग जुटाउन जनवरी ४ तारिख देखि ३ दिने श्रीमद्भागवत पुराण तथा वेद र बुद्ध दर्शन सम्बन्धि आध्यात्मिक प्रवचन गर्ने भएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको सुमधुर वाचनमा उक्त आध्यात्मिक महोत्सव हुन लागेको हो ।
सेन्टरले खरिद गर्न लागेको भवनको मुल्य तीन लाख पाउन्ड छ । सेन्टरका अध्यक्ष रोहित कुमार गुरुङका अनुसार, हालसम्म संस्थाले नगद करिब १ लाख ८५ हजार पाउण्ड जम्मा गरिसकेको छ । उठ्न बांकी प्रतिवद्धता रकम करिब ७२ हजार पाउण्ड छ ।
सेन्टरले प्रतिवद्धता रकम उठ्यो र मनकारी श्रद्धालु भक्तजनहरुले थप सहयोग गरे ‘मोर्गेज फ्री’ नै हुने विश्वास ब्यक्त गर्दै समस्त बेलायतवासी नेपालीमा सहयोग अपिल गरेको छ ।
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]