
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा आयोजित फोटो प्रदर्शनीको बुधबार आर्ट काउन्सिलमा अवलोकन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका निर्देशक सुशिल ज्ञवाली । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, १३ पुस – भूकम्पले भत्किएका २४८ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार १४५ भवन पुनःनिर्माण भइरहेको छ । २२ भवन पुनःनिर्माण गर्न बाँकी रहेको प्राधिकरणले तीन वर्षे अवधिमा गरेको प्रगति विवरणमा उल्लेख छ ।
हालसम्म ६० प्रतिशत सरकारी भवन पुनःनिर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ७५ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७६-७७ मा ९० प्रतिशत पुनःनिर्माण सक्ने लक्ष्य छ । आव २०७७-७८ मा ४१५ वटै सरकारी भवनको पुनःनिर्माण सकिने उहाँले बताउनुभयो । भूकम्पले १६२ सरकारी भवनमा पूर्ण र २५३ मा आंशिक क्षति पुगेको थियो ।
सुरक्षा निकायका सय भवन पुनःनिर्माण सम्पन्न
सुरक्षा निकायका ३८३ भवन पुनःनिर्माण गर्नुपर्नेमा हालसम्म १०३ वटा भवन सम्पन्न भएको छ भने १०२ भवन पुनःनिर्माण भइरहेको प्राधिकरणले जनाएको छ । सुरक्षा निकायका १७८ भवन बनाउन बाँकी रहेको जनाइएको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म सुरक्षा निकायका ६० प्रतिशत भवन पुनःनिर्माण गरिसक्ने लक्ष्य छ । आर्थिक वर्ष २०७६-७७ मा ९५ प्रतिशत पुनःनिर्माण सकिने कार्ययोजना छ । आव २०७७-७८ मा ३८३ अर्थात् शतप्रतिशत सुरक्षा निकायका भवनको पुनःनिर्माण सक्ने प्राधिकरणले जनाएको छ ।
भूकम्पले नेपाली सेनाका २०४, नेपाल प्रहरीको १३९, सशस्त्र प्रहरीको ३१ र राष्ट्रिय अनुसन्धान विभागका नौ भवन भत्किएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न