
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा आयोजित फोटो प्रदर्शनीको बुधबार आर्ट काउन्सिलमा अवलोकन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका निर्देशक सुशिल ज्ञवाली । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, ११ पुस – भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
भूकम्प अतिप्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । हाल ३०९ सम्पदाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदाको काम शुरु हुन सकेको छैन ।
रानीपोखरी र बालगोपालेश्वरको काम अझै शुरु हुनसकेको छैन । हालसम्म २७ प्रतिशत सम्पदा पुनःनिर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५० प्रतिशतको कामसक्ने प्राधिकरणको लक्ष्य छ । आर्थिक वर्ष २०७६-७७ मा ७५ प्रतिशत सम्पदा बनाइसक्ने कार्ययोजना बनाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सुनाउनुभयो ।
आर्थिक वर्ष २०७७-७८ को पहिलो चौमासिकमा भूकम्पले क्षति पुरयाएका सबै सम्पदा पुनःनिर्माण गरिसक्ने लक्ष्य छ । प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाका अनुसार कम प्रभावित १८ जिल्लाका ८४५ सम्पदामा क्षति पुगेको छ । ३२ वटै जिल्लाको गरी एक हजार ५९८ सम्पदा पुनःनिर्माण गर्नुपर्ने जनाइएको छ । यसमध्ये पूर्ण रुपमा क्षति भएका सम्पदा १३३ भएको अधिकृत बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।
शुरु भएन गुम्बा पुनःनिर्माण
भूकम्पले क्षति पुगेका ८९५ गुम्बा पुनःनिर्माण गर्नुपर्नेछ । मर्मत गर्नुपर्ने गुम्बाको सङ्ख्या ४०२ छ । अहिलेसम्म कुनै पनि गुम्बाको पुनःनिर्माण नभएको जनाइएको छ । कार्यविधिमा भएको अस्पष्टताले गुम्बा पुनःनिर्माणमा ढिलाइ भएको हो ।
दुई हजार वर्गफिटभन्दा बढी क्षेत्रफल भएका र १०० वर्षभन्दा पुराना गुम्बा प्राधिकरणले नै बनाउनेछ । १०० वर्षभन्दा कमका गुम्बा पुनःनिर्माणका लागि प्राधिकरणले स्थानीय तहलाई ५० प्रतिशत बजेट दिने जनाएको छ ।
बाँकी लागत स्थानीय तह र स्थानीय गुम्बा विकास तथा व्यवस्थापन समितिले व्यहोर्नुपर्ने जनाइएको छ । भूकम्पले भत्किएका गुम्बाको पुनःनिर्माणका लागि रु पाँच अर्ब ८५ करोड लाग्ने प्रारम्भिक अनुमान प्राधिकरणको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता