लण्डन । क्रिसमसको अवसरमा दिएको एक सन्देशमा ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयले फरक विचार भएका मानिसहरुप्रति पनि अरु बढी सम्मान देखाउन आह्वान गरेकी छन् ।
ब्रिटेनका झण्डै आधी जनता युरोपेली संघ छाडनु पर्ने पक्षमा र झण्डै त्यति नै युरोपेली संघमै रहनुपर्ने पक्षमा रहेका बेला महारानी एलिजाबेथले त्यसो गर्दा मानिसहरुबीच समझदारी बढ्ने बताइन् ।
गएको ६६ वर्षदेखि क्रिसमसको अवसरमा सन्देश दिंदै आएकी महारानीले निकै सावधानीपूर्वक र राजनीतिकरुपले तटस्थ रहनेगरी आफ्ना भनाइ राख्ने गर्दछिन् ।
उनको सन्देश आज स्थानीय समय अनुसार दिउँसो तीन बजे टेलिभिजनहरुबाट प्रसारण भयो । बकिंघम राजदरबारले ९२ वर्षीय राष्ट्रप्रमुखको सम्वोधनमा संसारमा शान्ति र सद्भावको सँधै झैं खाँचो परेको उल्लेख गरेको जनाएको छ ।
आफ्नो क्रिसमस सन्देशमा प्रधानमन्त्री टेरेसा मेले संसारका विभिन्न ठाउँमा तैनाथ ब्रिटिश सैनिकहरुको प्रशंसा गरेकी छन् । पहिलो विश्व युद्ध सकिएको १०० वर्ष पुरा भएको सम्झना गर्दै उनले सैनिकहरुका कैयौं पुस्ताले देशकालागि बलिदन गरेको बताइन् ।
उता ब्रिटेनका एक प्रतिष्ठित धर्मगुरु आर्चविशप अफ क्यान्टरवरी जस्टीन वेल्बीले ब्रिटिश जनतालाई घृणा, जातीयता र प्रतिद्वन्दीताको भाषा बिर्सन आह्वान गरेका छन् ।
गिर्जाघरमा उपस्थित इसाई धर्मावलम्वीहरुलाई संबोधन गर्दै उनले ब्रिटिश राजनीतिको चर्चा गरेनन् तर उनले द्वन्द्वको भाषाको ठाउँमा प्रेमको भाषा प्रयोग गर्न आग्रह गरे ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न