लण्डन । क्रिसमसको अवसरमा दिएको एक सन्देशमा ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयले फरक विचार भएका मानिसहरुप्रति पनि अरु बढी सम्मान देखाउन आह्वान गरेकी छन् ।
ब्रिटेनका झण्डै आधी जनता युरोपेली संघ छाडनु पर्ने पक्षमा र झण्डै त्यति नै युरोपेली संघमै रहनुपर्ने पक्षमा रहेका बेला महारानी एलिजाबेथले त्यसो गर्दा मानिसहरुबीच समझदारी बढ्ने बताइन् ।
गएको ६६ वर्षदेखि क्रिसमसको अवसरमा सन्देश दिंदै आएकी महारानीले निकै सावधानीपूर्वक र राजनीतिकरुपले तटस्थ रहनेगरी आफ्ना भनाइ राख्ने गर्दछिन् ।
उनको सन्देश आज स्थानीय समय अनुसार दिउँसो तीन बजे टेलिभिजनहरुबाट प्रसारण भयो । बकिंघम राजदरबारले ९२ वर्षीय राष्ट्रप्रमुखको सम्वोधनमा संसारमा शान्ति र सद्भावको सँधै झैं खाँचो परेको उल्लेख गरेको जनाएको छ ।
आफ्नो क्रिसमस सन्देशमा प्रधानमन्त्री टेरेसा मेले संसारका विभिन्न ठाउँमा तैनाथ ब्रिटिश सैनिकहरुको प्रशंसा गरेकी छन् । पहिलो विश्व युद्ध सकिएको १०० वर्ष पुरा भएको सम्झना गर्दै उनले सैनिकहरुका कैयौं पुस्ताले देशकालागि बलिदन गरेको बताइन् ।
उता ब्रिटेनका एक प्रतिष्ठित धर्मगुरु आर्चविशप अफ क्यान्टरवरी जस्टीन वेल्बीले ब्रिटिश जनतालाई घृणा, जातीयता र प्रतिद्वन्दीताको भाषा बिर्सन आह्वान गरेका छन् ।
गिर्जाघरमा उपस्थित इसाई धर्मावलम्वीहरुलाई संबोधन गर्दै उनले ब्रिटिश राजनीतिको चर्चा गरेनन् तर उनले द्वन्द्वको भाषाको ठाउँमा प्रेमको भाषा प्रयोग गर्न आग्रह गरे ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?